मार्क जुकरवर्गका राम्रा भनाइहरू

ByBibas chetan

३ भाद्र २०७६, मंगलवार ०६:३७ ३ भाद्र २०७६, मंगलवार ०६:३७ ३ भाद्र २०७६, मंगलवार ०६:३७

तपाईलाई मेरो पहिलो नम्बरको सल्लाह ः कार्यक्रम कसरी गर्ने भन्ने सिक्नुहोस् ।

व्यक्तिहरूले तपाईं के बोल्नुहुन्छ, त्यसको वास्ता गर्दैनन् । उनीहरू तपाईंले के बनाउनुभयो त्यसमा ध्यान दिन्छन् ।

मलाई लाग्छ व्यापारको एक सरल नियम के हो भने यदि तपाई पहिले सजिलो काम गर्नुहुन्छ भने तपाईले वास्तव मै धेरै प्रगति गर्न सक्नुहुन्छ ।

सबैलाई कसैसँग केही पनि बाँड्न शक्ति दिनुहोस् ।

द्रुत गतिमा परिवर्तनशील संसारमा असफल हुने ग्यारेन्टी गरिएको एकमात्र कुरा जोखिम नलिनु हो ।

यदि तपाईं केवल आफूले मन पराउने सामानमा काम गर्नुहुन्छ र त्यसप्रति भावुक हुनुहुन्छ भने तपाईंले ती सामानले कसरी काम गर्छन् भनेर योजना बनाउनु पर्दैन ।

व्यक्तिहरू साँच्चिकै बाठो हुन सक्छन् वा उनीहरुसँग सिधै लागू हुने सीप हुन सक्छ । तर यदि तिनीहरू वास्तवमै यसलाई विश्वास गर्दैनन् भने तब तिनीहरू वास्तवमै कडा परिश्रम गर्ने छैनन् ।

हाम्रो समाजलाई बढी नायकहरू चाहिन्छ जो वैज्ञानिक, अनुसन्धानकर्ता र इन्जिनियर हुन् । हाम्रोे रोग निको पार्ने, मानवतासम्बन्धी हाम्रो बुझाइलाइ विस्तार गर्ने र व्यक्तिको जीवन सुधार गर्ने कार्य गर्ने मानिसलाई पुरस्कार दिनुपर्छ ।

म गुगलमा हेर्छु र सोच्छु कि उनीहरूसँग कडा शैक्षिक संस्कृति छ । जटिल समस्याहरूको सुन्दर समाधान छ ।

आफूलाई परिवर्तन गर्नुपर्र्छ भन्ने मौका कसैलाई नदिनुहोस् ।

म यहाँ लामो अवधिका लागि केही निर्माण गर्नका लागि छु । अरू बाँकी कुरा अलमल्याउनका लागि मात्र हुन् ।

भित्ताहरू बनाउनुको सट्टा हामी पुल निर्माण गर्न मद्दत गर्नुपर्छ ।

मलाई लाग्छ इन्टरनेट सामान्य रूपले राम्रो छ, किनकि यसले मानिसहरूलाई अधिक जानकारी प्राप्त गर्न मद्दत गर्दछ ।

कुनै पनि व्यक्तिलाई अरु कुनै कुराले प्रभाव पार्न सक्दैन, जति आफ्नो विश्वासिलो साथीको सिफारिसले पार्दछ ।

मानिसहरूलाई साझेदारी गर्न शक्ति दिएर हामी विश्वलाई अझ पारदर्शी बनाउँदै छौं ।

विज्ञापनले सबैभन्दा प्रभावकारी रुपमा काम गर्दछ, जब यो पहिले नै मानिसले खोजेको बाटोमा हुन्छ ।

तपाई जे बनाउनुहुन्छ, सावधानीपूर्वक बनाउनुहोस् । जसले केही ठूलो बनाएका छन्, सावधानीपूर्वक बनाएका छन् ।

प्रश्न यो होइन कि, हामी व्यक्तिहरूबारे के जान्न चाहन्छौं । प्रश्न यो हो कि, मानिसहरूले आफ्नो बारेमा के भन्न चाहन्छन् ।

नयाँ कुर्सी बनाउने मानिसले कुर्सी बनाउने सबैलाई पैसा तिर्दैन ।

पन्ध्र वर्षमा हामी प्रोग्रामिङलाई पढ्ने र लेख्ने जस्तै सिकाउँछौं, र सोच्छौँ कि किन हामीले यसलाई छिट्टै गरेनौँ ।

प्रत्येक अनुप्रयोग वास्तविक पहिचान र साथीहरू प्रयोग गर्नका लागि डिजाइन गरिने छ ।

तपाईंले मानिसहरूलाई कुनै कामका लागि आफूलाई कसरी रोक्न दिनुहुन्न ?

युवा उद्यमीले आफूलाई नचिन्ने कुरा जान्न पर्याप्त सचेत हुनु महत्त्वपूर्ण छ ।

काम गर्ने सन्दर्भमा र एक व्यक्तिको रूपमा सिक्ने र विकसित हुने सन्दर्भमा, तपाईं बढ्दै जानुहुन्छ जब तपाईलें बढी व्यक्तिको दृष्टिकोण प्राप्त गर्नुहुन्छ ।

मेरो लक्ष्य भनेको केवल कम्पनी बनाउनु थिएन । त्यो त्यस्तो चिज बनाउने थियो, जसले संसारमा वास्तवमै ठूलो परिवर्तन ल्याउने छ ।

एक अर्ब मानिसहरुलाई मद्दत गर्नु अचम्मको कुरा हो र मलाई मेरो जीवनमा सबैभन्दा बढी गर्व छ ।

हामी एक लामो अवधि बेल्ट बनाइरहेका छौं जुन इमर्सिभ, भर्चुअल र संवन्धित वास्तविकता व्यक्तिको दैनिक जीवनको एक हिस्सा हुने छ ।

पुस्तकहरूले तपाईंलाई कुनै विषयलाई पूर्ण अन्वेषण गर्न मद्दत पुर्याउँछ जुन मिडियाले गर्दैन ।

मैले आफूलाई दिनहुँ प्रश्न सोध्छु, के म मैले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम गरिरहेको छु ? जबसम्म मलाई लाग्दैन कि म सबैभन्दा महत्त्वपूर्ण समस्यामा

काम गर्दै छु, जुन मैले सहयोग गर्न सक्छु, तब म आफ्नो समय कसरी खर्च गरिरहेको छु भनेर नराम्रो महसुस गर्छु ।

डरमाथि आशा छनौट गर्न साहस चाहिन्छ ।

केही मानिसहरु सफलताको सपना देख्ने गर्छन् भने अरु उठ्छन् र कडा परिश्रम गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!