स्टिभ जव्सका सफलता भनाइहरू

ByBibas chetan

४ भाद्र २०७६, बुधबार १२:४३ ४ भाद्र २०७६, बुधबार १२:४३ ४ भाद्र २०७६, बुधबार १२:४३ #Stive jobs, #स्टिभ जव्स

-जो मानिस संसारलाई परिवर्तन गर्न एकदमै बौलाहा बनेर सोच्छ, वास्तवमा उसैले परिवर्तन गर्न सक्छ ।
-गुणस्तर मात्रा (संख्या) भन्दा बढी महत्त्वपूर्ण हुन्छ ।
-यो मेरो मन्त्रहरूमध्ये एक हो– ध्यान र सरलता । सरल जटिलभन्दा गाह्रो हुन सक्छ, यसलाई सजिलो बनाउन आफ्नो सोच सफा बनाउन तपाईंले कडा मेहनत गर्नुपर्छ ।
-श्मशानमा सबैभन्दा धनी मानिस हुनुमा मेरो मतलब छैन । राति सुत्दा आफूले केही अद्भुत कार्य गरेको महसुस गर्नुमा मेरो मतलब छ ।
-म विश्वस्त छु कि सफल उद्यमीहरूलाई असफल मानिसहरूबाट अलग गर्ने कुरा शुद्ध दृढता हो ।
-अभिनवले नेता र एक अनुयायीबीचको भिन्नता देखाउँछ ।
-मेरा जीवनमा मलाई मनपर्ने चिजहरूलाई कुनै मूल्य चाहिँदैन । यो वास्तवमै स्पष्ट छ कि हामी सबैसँग भएको सबैभन्दा बहुमूल्य स्रोत समय हो ।
-आफ्नो हृदय र अन्तज्र्ञान अनुशरण गर्न साहस राख्नुहोस् । तिनले तपाईं वास्तवमा के बन्न चाहनुहुन्छ भन्ने कुरा जान्दछन् ।
-कहिलेकाहीँ जीवनले तपाईंको टाउकोमा इटाले हिर्काउँछ तर विश्वास नगुमाउनुहोस् ।
-म ब्रह्माण्डमा एउटा झंकार ल्याउन चाहन्छु ।
-कहिलेकाहीँ जब तपाईं नयाँ खोजी गर्नुहुन्छ, तपाईं गल्ती गर्नुहुन्छ । तिनीहरूलाई छिटो स्वीकार गर्न र तपाईंको अन्य आविष्कारहरूमा सुधार ल्याउनु उत्तम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!