पढ्न नछुटाउनु पर्ने टेरेसाका भनाइहरू

ByBibas chetan

५ भाद्र २०७६, बिहीबार ०५:५३ ५ भाद्र २०७६, बिहीबार ०५:५३ ५ भाद्र २०७६, बिहीबार ०५:५३


शान्ति मुस्कानबाट सुरु हुन्छ ।

साना कुराहरुमा वफादार हुनुहोस् किनकि तिनमा तपाईको शक्ति हुन्छ ।

जहाँ गए पनि प्रेम फैलाउनुहोस् । कसैलाई कहिल्यै पनि खुसीबिना आउन नदिनुहोस् ।

हामी आफैंलाई लाग्छ कि हामी जे गरिरहेका छौं त्यो सागरमा एउटा थोपा मात्र हो । यदि ती थोपा हुँदैन थिए भने सागर पनि हुने थिएन ।

गाढा प्रेमले मापन गर्दैन, यसले दिने मात्र गर्छ ।

हामी सबैले महान् कार्य गर्न सक्दैनौं । तर हामी मायाका साथ साना कुराहरु गर्न सक्छौं ।

दयालु शब्दहरू छोटो र बोल्न सजिलो हुन सक्छ, तर तिनीहरूको प्रतिध्वनि साँच्चै अन्तहीन हुन्छ ।

रोटीको भोकभन्दा प्रेमको भोक हटाउन धेरै गाह्रो छ ।

यदि तपाईं सय मानिसलाई खुवाउन सक्नुहुन्न भने एक जनालाई खुवाउनुहोस् ।

हिजो गइसक्यो, भोलि आइसकेको छैन । हामीसँग आज मात्र छ, त्यसैले आज नै सुरु गरौं ।

मैले विरोधाभास फेला पारेको छु, यदि तपाईं पीडा हुन्जेल प्रेम गर्नुहुन्छ भने त्यहाँ पीडा होइन, प्रेम मात्र हुन्छ ।

हामी एक साधारण मुस्कानले गर्न सक्ने सबै राम्रो चिज कहिल्यै पनि थाहा पाउँदैनौं ।

प्रेम आफैँमा रहन सक्दैन: यसको कुनै अर्थ हुँदैन । प्रेमलाई कार्यमा प्रयोग गर्नुपर्छ र त्यो कार्य सेवा हो ।

सबैभन्दा डरलाग्दो गरिबी एक्लोपन र प्रेम नभएको महसुस हो ।

विश्व शान्तिको प्रचार गर्न तपाई के गर्न सक्नुहुन्छ ? घरमा आफ्नो परिवारलाई प्रेम गर्नुहोस् ।

म एक्लै संसार परिवर्तन गर्न सक्दिनँ । तर, पानीमा एउटा ढुंगा हानेर धेरै तरंग फैलाउन सक्छु ।

म चाहन्छु कि तपाईं आफ्नो छिमेकीको बारेमा चिन्तित हुनुहोस् । के तपाईंलाई आफ्नो छिमेकीको बारेमा थाहा छ ?

मलाई थाहा छैन स्वर्ग कस्तो हुने छ । तर मलाई थाहा छ कि जब हामी मर्छाैं र परमेश्वरलाई हाम्रो न्याय गर्ने समय आउँछ, उनले सोध्दैनन्, तपाईंले आफ्नो

जीवनमा कति राम्रा कामहरू गर्नुभयो ? बरु ऊनले सोध्ने छन्, तपाईंले कति प्रेमपूर्वक काम गर्नुभयो ?

भगवान्ले हामीलाई सफल देख्न चाहनुहुन्न, केवल हामीलाई प्रयास गरेको देख्न चाहनुहुन्छ ।

यदि हामीसँग शान्ति छैन भने त्यो यसकारण हो कि हामीले बिस्र्यौं कि हामी एक अर्काका हौं ।

हामी कति दिन्छौं त्यो महत्वपूर्ण होइन, हामी कति प्रेमपूर्वक दिन्छौं त्यो महत्वपूर्ण हो ।

आनन्द प्रेमको एक जाल हो, जसमा तपाईं आत्मालाई कैद गर्न सक्नुुहुन्छ ।

हामी एकअर्कासँग मुस्कानसाथ भेटौं, मुस्कान प्रेमको सुरुआत हो ।

यदि तपाईं नम्र हुनुहुन्छ भने कुनै कुराले तपाईंलाई छुने छैन, प्रशंसा गर्न वा अपमान पनि गर्न सक्तैन । किनकि तपाईंलाई थाहा छ कि तपाईं के हुनुहुन्छ ।

हामीलाई शान्ति ल्याउन बन्दुक र बम चाहिँदैन, केवल प्रेम र दया चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!