१..अगाडि बढ्नु छ भने आफूलाई हिजोको दृष्टिले होइन,आजको दृष्टिले हेर। हिजोको भाषा होइन,आजको भाषा बोल । हिजोमै रोकिने होइन आजमा प्रवेश गर। आजमा हिड तर हिजो र भोलिलाई पनि नबिर्स । हिजोको सम्झना र भोलिको कल्पनाबाट ऊर्जा लेऊ आजलाई गति देऊ
२.सिकेर कहिल्यै सकिदैन  सर्वज्ञ र सर्वेसर्वा  कोही हुँदैन। सफलतामा पुग्न अठोट र प्रयास चाहिन्छ। सफलतापछि पनि अर्को सफलता हुन्छ।
३. टेक्नको लागि धरती छ,सोच्नको लागि आकाश छ,चढ्नको लागि शिखर छ । जिउनको लगि जीवन छ। उठ,हिंड, हेरेर हिढ, दृढतापूर्वक हिढ। शिखर जति टाढा भए पनि हिड्दै गरे मात्र पुगिन्छ ।
४. आत्मबल निर्माण गर्न र अगाडि बढ्न गाह्रो छैन।आफूले आफैलाई दिएको वचन नतोडे पुग्छ।आफ्नै वचन आफनै निर्णय पूरा गरे पुग्छ।
५. सोच प्रस्ट होस्।संभावना देख्ने दृष्टि होस्,साकार पार्ने संकल्प होस्।बाटोको सही पहिचान होस्।हिडाइ नियमित होस्।सफलता सहज बन्छ,सुलभ हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!