यसरी गर्नुस् जीवन परिवर्तन

ByBibas chetan

२४ भाद्र २०७६, मंगलवार १५:११ २४ भाद्र २०७६, मंगलवार १५:११ २४ भाद्र २०७६, मंगलवार १५:११

सुख दुःख नै जीवन हो– समय सदैव एकै रहदैँन । समयको रफ्तारसँगै जीवन कहिले घाम कहिले छायाँ अनि कहिले सुख त कहिले दुःख हुँदै अगाडि बढिरहेको हुन्छ । जब जिन्दगी सुखमा बितिरहेको हुन्छ तब हामीलाई यो थाहा हुँदैन की समय कसरी बित्यो ? तर, जब दुःखका दिनहरू आउँछन तब हामीलाई प्रत्येक पलले कमजोर र निराश बनाइदिन्छ । दुःखको समयमा यस्तो लाग्छ अब जीवन नै सकिनेछ । यस्तो बेलामा तपाईमा धैयता हुन आवश्यक हुन्छ । तपाई यस्तो समयमा निराश नहुनुस । सुख दुःख जीवनको नियम नै भएको हुनाले दुःखलाई अँगालेर हिम्मत साथ अगाडि बढ्नुहोस । रात पछि सुनौलो बिहान आएजस्तै तपाईंको जीवनमा फेरि सुखको समय फर्केर आउने छ ।
आफैलाई विश्वास गुर्नहोस्– मनबाट कठोर शब्द, रिस, प्रतिकार र बदलाको भावना हटाउनुहोस । यस्तो निर्णय गर्नुहोस की जिन्दगीमा चाहे जस्तोसुकै समय आओस त्यसलाई पार गर्दै अगाडि बढ्ने छु चाहे त्यो जीवनको दुःखभरी बाटोमा मन चुम्ने काँडा नै किन नहोस् । आफूभित्र क्षमाको भावना ल्याउनुहोस् । क्षमा गर्नुलाई अति संवेदनशील मानिन्छ । तर, यसले तपाईंलाई मनमा भएको उकुसमुकुसबाट टाढा राखिदिन्छ । यसले तपाईंलाई शसक्त बनाउँछ ।
क्षमा दिने र क्षमा माग्ने गर्नुहोस्– तपाईंले साँेचेजस्तो काम भएन भनेर आखिर तपाईंं कति दिनसम्म दुःखी बन्नुहुन्छ ? त्यसलाई आफ्नो मनमा धेरै समय नराख्नुहोस् । त्यसले तपाईंलाई नै बढी दुःखी बनाउँछ । त्यसकारण सबैभन्दा राम्रो, क्षमा दिने बानीको विकास गर्नुहोस् । यसले तपाईंमा भएको पीडा कम गर्छ । साथै तपाईंबाट कुनै गल्ती काम हुन्छ भने पनि क्षमा माग्नुहोस् । क्षमा मागेर तपाईं सानो बन्नुहुन्न, यस्तो गर्नाले समाजमा तपाईंको मान सम्मान अझै बढ्नेछ । गल्तीमा क्षमा नमाग्ने हो भने सानो कुरा ठूलो बन्दै जान्छ र त्यसले एकअर्कामा बैरभाव जन्माइदिन्छ ।
जे भयो त्यसलाई बिसर्नुस – हामी सबैले प्राय भोलिको भविष्यको सुखद् चित्र बनाएका हुन्छाँै । त्यसमा धेरै कुरा राम्रो होस् र सुख होस् भन्ने चाहना राख्छौँं । तर, वास्तविक जिन्दगी सोँचेको भन्दा फरक हुन्छ । हामी त्यसमा दुःख र समस्याले घेरिइरहेका पनि हुन्छौँं । यस्तो परिस्थितिबाट बच्न हामी भोली र पर्सि नभनेर आजमा बाँच्न सिक्नु पर्दछ । तपाईं आज दुःखमा पनि हाँसी खुसी रमाउन सिक्नुभयो भने भोलीको दिन आफै राम्रो बन्दैै जानेछ ।
मेडिटेशन या प्रार्थना गर्नुहोस् – हरेक दिन आफ्नो भित्री मनलाई खुल्ला सास लिन दिनुहोस् । केही क्षण मौन रहनुहोस् । मनभित्र गहिरीएर हेर्नुहोस् । यदि तपाईं मेडिटेशन गर्नु हुन्छ भने मनको भित्री कुनामा निराशा र उदासीले घर बनाएको छ भने त्यहाँ आशा र उम्मीद पलाउँछ । मेडिटेशन र प्रार्थनाले तपाईंको अन्तरमनमा ताजगी र नयाँपनको महशुस हुनेछ । त्यसले तपाईंको हरेक दिनलाई उत्साहित बनाइदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!