पढ्दा निन्द्रा लाग्छ भने यसाे गर्नुस् पढ्न सजिलो हुन्छ

ByBibas chetan

२० भाद्र २०७६, शुक्रबार २०:०६ २० भाद्र २०७६, शुक्रबार २०:०६ २० भाद्र २०७६, शुक्रबार २०:०६

हामी अधिकाशंलाई पढ्न मन लाग्दैन । पढ्नु पर्‍यो भने दिक्क लाग्छ, हाई आउँछ र पढेर बस्न सकिँदैन । किताबका पानामा भएका अक्ष्ँर पढ्नु पर्‍यो भने धेरैजसो निदाउने गर्दछन् ।

– वास्तुशास्त्रका अनुसार विद्यार्थीले पूर्व, उत्तर र ईशान दिशामा फर्केर पढ्नु उत्तम हुनेछ । यी दिशालाई वास्तुले ज्ञानवर्धक दिशा मान्दछ ।

– यदि कारणवश पढ्ने कोठा घरको पश्चिम दिशामा छ भने त्यहि कोठामा पनि पूर्व, उत्तर र इशान दिशामा फर्केर पढ्न सकिन्छ ।

– विज्ञानका अनुसार मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी मानिने इन्फ्रारेड किरणहरू उत्तरपूर्वी कोणबाट आउने भएकाले यसबाट विद्यार्थीलाई सकारात्मक असर पर्छ ।

– पढ्ने विद्यार्थीले कहिल्यै पनि कोठाको ढोकातर्फ ढाड फर्काएर पढ्नु हुँदैन । यसो गर्दा ढोकाबाट आउने प्रकाश र हावालाई पढ्ने मानिस आफैंले छेक्ने गर्दछ ।

– विद्यार्थीले पढ्न बस्दा कोठाको बीम मुनि बसेर पढ्नु हुँदैन, यसले पढाईमा मन नलाग्नुका साथै मानसिक रुपमा तनाव बढ्ने गर्दछ ।

– पढ्ने विद्यार्थीले आफ्नो सिरानी दक्षिण वा पश्चिमतर्फ राख्नुपर्दछ । दक्षिणतर्फ सिरानी पारेर सुत्दा विद्यार्थीको स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढाईमा मन लाग्ने गर्दछ ।

– पढ्ने कोठामा किताब राख्ने र्‍याकहरु दक्षिण वा पश्चिम दिशामा राख्नु उत्तम हुन्छ । साथै पढ्ने कोठामा पुस्तकहरु भएको र्‍याक खुल्ला राख्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!