बिहानै गरिएको योगबाट हुने फाइदा थाहा पाउनुहोस्

ByBibas chetan

२६ भाद्र २०७६, बिहीबार ०९:१४ २६ भाद्र २०७६, बिहीबार ०९:१४ २६ भाद्र २०७६, बिहीबार ०९:१४

१ योगले मानिसमा आफूभित्र रहेको रोगको निदान गर्न सक्छ। केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन भन्दै अथ्र्याएका छन्।

२योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ। शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर्दछ। यसका लागि प्राकृतिक भोजन, प्राकृतिक आराम र व्यायामको सन्तुलन मिल्न जरुरी छ। योग स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण व्यायाम हो। हाम्रो अस्वस्थ जीवनशैलीले थरीथरीका रोगलाई निमन्त्रणा दिइरहेको छ।

३ धेरैले कुनै पनि रोग लाग्नेबित्तिकै अस्पतालको औषधि प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छन् र हस्पिटल कुद्न हतार गर्छन्। तर, कतिपय अवस्थामा योगबाटै गम्भीर रोगलाई पनि निको पार्न सकिन्छ।

४मानव शरीरमा योगबाटै निको हुने अधिकांश रोग हुन्छन्। यसका लागि योग प्रशिक्षकसँग अन्तक्रिया गरेर नियमित रूपमा योग गर्न जरुरी हुन्छ। त्यसैले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको छ।

५ योग गर्दा श्वास र ध्यानमा विशेष ध्यान पु-याउनुपर्ने हुन्छ। शरीरको मुभमेन्टसँगसँगै योग र ध्यानमा विचार पुर्‍याउन जरुरी हुन्छ। योग शुरु गर्दा जुन योग गरिन्छ, मस्तिष्कमा त्यसको तस्बिर उतार्दै जानुपर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!