-तल झर्नु असफलता होइन । असफलता तब आउँछ जब तपाईं झर्नुभएको ठाउँमा बस्नुहुन्छ ।
-खुसीको रहस्य अधिकको खोजीमा हुँदैन । यो त कम रमाइलो गर्ने क्षमता विकास गर्नुमा हुन्छ ।
-यदि तपाईं गलत हुन चाहनुहुन्छ भने जनताको अनुशरण गर्नुहोस् ।
-जब बहस सकिन्छ, निन्दा हार्नेको औजार बन्छ ।
-अज्ञानताको जागरूकता बुद्धिको सुरुआत हो ।
-प्रत्येक व्यक्तिमा सूर्य हुन्छ । बस तिनीहरूलाई चम्काउन दिनुहोस् ।
-हामीले किन बहुमतले के सोच्छन् भन्ने कुरामा ध्यान दिन्छौँ ?
-मलाई थाहा छ कि म बौद्धिक छु, किनकि मलाई थाहा छ कि मलाई केही थाहा छैन ।
-जो आफूसँग भएकोमा सन्तुष्ट छैन, ऊ आफूले चाहेको कुरा प्राप्त गरेपछि पनि सन्तुष्ट हुने छैन ।
-झुट सबैभन्दा ठूलो हत्यारा हो, तिनीहरूले सत्यलाई मार्छन् ।
-जे भए पनि विवाह गर्नुहोस् । यदि तपाईंले राम्रो जीवनसाथी प्राप्त गर्नु भयो भने, तपाईं खुसी हनुहुुने छ । र यदि खराब जीवनसाथी प्राप्त गर्नुभयो भने तपाईं दार्शनिक बन्नुहुने छ, जुन आफैँमा एक राम्रो चिज हो ।
-मलाई थाहा छ तपाईंले मलाई विश्वास गर्नुहुने छैन, तर मानव उत्कृष्टताको उच्च रूप भनेको आफैँलाई र अरूलाई प्रश्न गर्नु हो ।
-प्रमाण र प्रदर्शनबिना विश्वास गर्नु भनेको अज्ञानता र मुर्खताको कार्य हो ।
-तपाईं कसरी एक मानिसलाई स्वतन्त्र भन्न सक्नुहुने छ, जब उसको सुखले उसमाथि शासन गर्छ ।
-म एक मुर्ख हुँ । तर मलाई थाहा छ कि म एक मुर्ख हो र त्यसले मलाई तपाईंभन्दा चलाख बनाउँछ ।
-आउनुहोस् हामी सत्यलाई पछ्याऔं, जहाँसम्म यसले नेतृत्व गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!