– कुनैपनि सज्जन वा साधको जात नसोध, उसको ज्ञान सम्झनुपर्छ । सधै तरवारको मूल्य हुन्छ, त्यसलाई ढाक्ने खोलको होइन ।
– मन रंगिएको छैन, लुगा मात्र रंगायौं । आत्मभित्रको देवतालाई छाडेर मन्दिरभित्रको ढुंगा पूज्न थाल्यौं ।
– यस संसारमा मानव जीवन मुस्किलले मिल्छ । यो मानव शरीर त्यस्तै हुन्छ, जसरी वृक्षकाट पात र्झछ फेरि त्यो मिल्दैन ।
– यस संसारमा आएर केवल यति सोंच कि सबैको भलो होस् । यदि संसारमा कैसँग मित्रता छैन भने, दुश्मनी पनि किन ?
– जसरी पानीको फोका हुन्छ, त्यसैगरी मनुष्यको शरीर क्षणभंगुर छ । जब बिहान हुन्छ, सबै तारा लुक्छ । त्यसैगरी शरीर पनि एकदिन नष्ट हुन्छ ।
– यस संसारका व्यक्तिको शरीर पंक्षी बनेको छ, जहाँ उसको मन हुन्छ, शरीर उडेर त्यही पुग्छ । सत्य यो कि, जसले जे गर्छ, उसले त्यही फल पाउँछ ।
– रातलाई निन्द्रामा नष्ट गर्यौं, सुतिरह्यौं । दिनमा भोजन गर्ने फुर्सद पनि मिलने । यो मनुष्यको जन्म हीरा समान बहुमूल्य थियो तर, तिमीले व्यर्थ बनायौं भने जीवनको मूल्य के रहन्छ ? बस एक कौडी ।
– जब म यस संसारमा खराब खोज्न निस्किएँ, तब खराब केही पाइन । जब मैले आफ्नै मनलाई झपारेर हेरें, तब म भन्दा खराब कोही पाइन ।
– ठूल-ठूला पुस्तकको ठेली पढेर यस संसारमा कति मान्छे मृत्युको ढोकामा पुगे, तर सबै विद्वान भएनन् । तर, कोही प्रेम वा प्यारको केवल अढाईं अक्षर राम्ररी पढ । अर्थात प्यारको वास्तविक रुपले पहिचान गर, साचो ज्ञान त्यही हो ।
– शरीरमा भगवानको बस्त्र धारण गर्नु त सरल हुन्छ, तर मनलाई योगी बनाउन गाह्रो हुन्छ । यदि मन योगी भयो भने सबै सिद्धि सहज हुन्छ ।
– जे भोलि गर्नुछ, त्यसलाई आज गर । जुन कुरा आज गर्नुछ, त्यो पनि आज नै गर । कुनैपनि घडीमा तिम्रो जीवन समाप्त हुनेछ । त्यसबेला केही गर्नै पाउने छैनौं ।
– कुनैपनि कुरा माग्नु मृत्यु बराबर हो । त्यसैले कसैसँग पनि भीख नमाग । आफ्नेा पुरुषार्थले स्वयम् यस्ता चिज प्राप्त गर, कसैलाई माग्न नै नपरोस् ।