– कति व्यक्ति लामो समयसम्म मोतीको माला लिएर हातमा घुमाइरहन्छ, तर उनको मनको भाव बद्लिदैन । उसको मनमा जुन हलचल हुन्छ, त्यो शान्त हुँदैन । हातको यी माला घुमाउन छाड, मनलाई मोतीमा बदल्ने प्रयास गर ।
– मनलाई नै आफ्नो शिष्य, सेवक बनाउँ । र, यसैलाई ज्ञान-उपदेश देउ । अर्थात अरुलाई छाडेर आफ्नै मनलाई ज्ञान-विचारले दीक्षित गरी पवित्र बनाऔं । यस प्रकार मनलाई आफ्नो वशमा लिनुपर्छ । सारा संसार उसको शिष्य हुन्छ ।
– चन्चल मनको कुनै स्थिर मत हुँदैन । यसको जुन अज्ञातपूर्ण खराब बानी हुन्छ, स्वअध्ययन-साधनाबाट त्यसलाई छुटाऔं ।
– सर्पको दाँतमा विष हुन्छ, झिँगाको टाउकोमा र बिच्छुको पुच्चरमा । तर, दुर्जन व्यक्तिको पुरा शरीरमा विष हुन्छ ।
– जब तिम्रो जन्म भयो, तिमी रोयौं, जगत हाँस्यो । आफ्नो जीवनलाई यसरी जिउनु पर्छ कि, जब तिमी मर्छौं, दुनिया रुन्छ, तिमी हाँस्छौं ।
– मनलाई स्थिर राख्दा नै सबैकुरा हुन्छ । यदि कुनै मालीले कुनै रुखलाई जतिसुकै गाग्राी पानिले सिंचित गरेपनि फल त ऋतु आएपछि नै लाग्ने हो ।
[…] भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर […]