तपाईंका लागि राम्रा भनाइहरू

ByBibas Kulung

२९ माघ २०७६, बुधबार ०८:११ २९ माघ २०७६, बुधबार ०८:११ २९ माघ २०७६, बुधबार ०८:११ #आल्जेरका भनाइहरू, #प्रेरणात्मक भनाइहरू, #होरेसमा भनाईहरू

क्रोध क्षणिक पागलपन हो । यसलाई वशमा राख अन्यथा यसले तिमीलाई वशमा पार्नेछ । -होरेस

विना क्रोध संसारमा कसैको पनि काम चल्न सक्दैन ।- बिरेल

रिस बारुलाको गोलामा हानिने ढुँगा हो । -अज्ञात

मूर्खलाई नै बढी रिस उठ्छ, ज्ञानीलाई होइन । -विष्णुपुराण

तिमी आफ्नो शत्रुलाई पोल्न जुन आगो सल्काउँछौ, त्यसले प्रायः उसलाईभन्दा तिमीलाई नै पोल्छ । -चिनीया उखान

रिस एउटा खर्चालु सोख हो, जुन धेरै ठूलो आम्दानी हुनेले मात्र गर्न सक्छन् ।-जी. डब्ल्यू. कर्टिस

शान्त रहू ! तिमी सबैलाई आफ्नो वशमा राख्न सक्छौ ।-सेन्ट जस्ट

क्रोधले धनीलाई घृणित र गरिबलाई तिरस्कृत बनाउँछ । -थोमस फूलर

अरुबाट विवेकका साथ मानिस जे चाहन्छ, त्यो आफूचाहिँ रिसमा गर्दछ ।- आल्जेर

रिस उठेको बेला योपनि सोच्नू कि यसबाट कस्तो परिणाम निस्कन्छ ?-कन्फ्युसियस

बलियो मानिस भनेको राम्रो पहलमान हैन, बलियो मानिस भनेको त्यो हो जसले आफ्नो क्रोधमाथि नियन्त्रण राख्दछ । -मोहम्मद पैगम्बर

राम्रा भनाइहरू/महान भनाइहरू तथा प्रेरणात्मक भनाइहरूका लागि सधैं आफ्नाे न्युज लाइक र शेयर गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!