असल के र खराब के छुट्याउन सकिंदैन । चिकित्सकहरू विषलाई अमृतको रुपमा प्रयोग गर्छन् ।-जयशंकरप्रसाद
जीवन स्वयम्मा न खराब छ न असल । तिमी यसलाई असल या खराब जस्तो बनाउँछौ त्यस्तै बन्छ । -मोन्तेन
कुनैपनि वस्तु त्यति असल हुँदैन जुन सुरुमा लाग्दछ । -जर्ज इलियट
मानव स्वभावैले खराब हुँदैन, कला तथा विज्ञानको प्रगतिको कारण खराब बन्न जान्छ । -जिनज्याक रुसो
आफू संलग्न भएको काम खराब भएपनि यसलाई खराब हो भनेर दावासाथ कसैले भन्न चाहँदैन, आखिर खराब काम त सबैका लागि खराब हुन्छ नै । -महात्मा गान्धी
एउटा खराबीले अर्को खराबीलाई जन्म दिन्छ । विलियम शेक्सपियर