सीप र ज्ञानसम्बन्धी भनाइहरू

ByBibas Kulung

२९ असार २०७७, सोमबार ०५:५८ २९ असार २०७७, सोमबार ०५:५८ २९ असार २०७७, सोमबार ०५:५८ #afnonews, #आफ्नो न्युज, #ज्ञान, #महान भनाइ, #राम्राे भनाइ, #सफलता, #सी, #सीप

कपाल फुलेर मात्र पाको भइदैन ज्ञानी छ भने बालक पनि पाको मानिन्छ । -महाभारत

ज्ञान पुस्तकमा रहँदैन, हृदयमा रहन्छ । – फारसी उखान

हरेक विषयमा केही कुरा जान केही विषयमा हरेक कुरा जान । -थोमस हक्स्ले

प्रतिभाले के सक्छ त्यो बनाउँछ र बौद्धिकताले कस्तो हुनुपर्छ त्यो बनाउँछ । -एडवर्ड जर्ज बुल्वर लिटन

सीप र आत्मविश्वास एउटा अविजित सेना हो । -जर्ज हर्बर्ट

यदि तिमी सोच्छौ कि ज्ञान पाउनु महँगो छ, तिमी अज्ञानी बनेर हेर । -डेरेक बक

ज्ञान सबै डरको औषधी हो । -इमर्सन

हामी यति जान्दछौं कि कुनै पनि कुरा जान्न सकिँदैन । -वायरन

दुनियाभरिको ज्ञान जम्मा गरेर मानिस पण्डित बन्छ, ज्ञानी होइन । -रजनीश

संसारमा सबैभन्दा उत्तम दान भनेकाे ज्ञान हो किनकि यो कसैले चोर्न सक्दैन न कसैले नष्ट गर्न नै सक्छ । यो निरन्तर बढी रहन्छ र चिरस्थायी सुख दिन्छ । -ऋग्वेद

बलवानभन्दा बुद्धिमान र बुद्धिमानभन्दा ज्ञानवान बढी शक्तिशाली हुन्छ । -बाइबल

ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ । -बालकृष्ण सम

भोजन, निद्रा, भय, मैथुन यी कुरा पशुको बराबर मानिसमा पनि हुन्छ तर मानिसमा ज्ञान धेरै हुन्छ । ज्ञानरहित मानिस पशु बराबर हुन्छ । -चाणक्य

जानकारी वा बुद्धि घमण्ड गर्छ । ऊ भन्दछ, म जान्दछु । ज्ञान विनयी हून्छ । ऊ भन्छ, म थोरै जान्दछु । -क्राउपर

ज्ञान त्यो प्वाँख हो जसबाट हामी स्वर्गतिर उड्न सक्छौं । -शेक्सपियर

ज्ञानकी देवीले ती व्यक्तिलाई ढोका खोल्दिनन् जो यसलाई पाउन तीब्र इच्छा राख्दैनन् र यसका लागि त्याग र बलिदान गर्दैनन् । यदि तिमी ज्ञान पाउन चाहन्छौ भने तिमीले यसका लागि केही गर्नैपर्छ ।  -स्वेट मार्टेन

धेरै अवस्थामा ज्ञान नै मानिसको शरणको स्थान हुन्छ । -चेष्टरफिल्ड

संसारमा ज्ञान नै परमशक्ति हो, मनुष्यको साम्राज्य ज्ञानमा लुकेको हुन्छ । -बेकन

यौवन र सुन्दरतामा ज्ञानको प्रायः अभाव हुन्छ । -होमर

ज्ञान एकाएक बढ्दैन, बिस्तारै बढ्छ । -म्याकाले

ज्ञान नै प्रकाश हो । यो नभई हामी एक कदम पनि अगाडि बढ्न सक्दैनौं । -महात्मा गान्धी

ज्ञानलाई उपयोग गर्न मानिसमा बुद्धि हुनु आवश्यक छ । -इमर्सन

सहिदको रगतभन्दा विद्यार्थीको मसी पवित्र हुन्छ । -मोहम्मद

ज्ञानको भण्डार असीमित हुन्छ । -जामी

ज्ञान विज्ञानको हात जोड्नुपर्दछ कर्ममा । -बालकृष्ण सम

ज्ञानको अपेक्षा ध्यान श्रेष्ठ हो ।-महाभारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!