१. सानै उमेर देखि काममा लगाउनुः

नानीहरूलाई कलिलै उमेरदेखि सामान्य काममा लगाउनु पर्छ । जसले कुलतमा लाग्नबाट जोगाउछ । विज्ञानले समेत काममा लाग्ने बालबालिका ठूलो भएपछि जिवनमा सफल हुने गरेको पुष्टि गर्दछ ।

२. सन्तानलाई वयष्कलाई जस्तै व्यवहार गर्नुः

अभिभावकलाई विशवास गर्न सकिने वयष्कहरुलाई जस्तै व्यवहार गर्दै हुर्काउनुपर्छ ।

३. सन्तानलाई आफ्ना शौख पछ्याउन दिनुः

नानीहरूलाई पढ्न/खान/खेल्न आदीमा कहिल्यै पनि धेरै हस्तक्षेप गर्नु हुँदैन । उनीहरूकाे सपना र उद्देश्यमा हौसला दिने गर्नुपर्छ ।

४. सन्तानलाई विलासिताको अभ्यस्त नबनाउनुः

आफैले कमाएर आर्थिक रुपमा सवल नबनुन्जेल बच्चाहरुलाई विलासिताका वस्तुहरु प्रयोग गर्ने बानी बसाएर बिगार्नु हुन्न । तिनीहरु सुरक्षित रहेसम्म आफ्नो ख्याल आफैंलाइृ गर्न लगाउनुपर्छ । गरिबीमा बाँच्न सिकाउनुपर्छ । जति अभाबलाई चिनियो उति धेरे जिउने कला सिकिन्छ ।

५. तिनीहरुको भविष्यका लागि आफैं जिम्मेवार बनाउनुहोस्ः

बच्चाहरूलाई आफ्नो भविष्य प्रति आफैं जिम्मेवार बनाउनु । तिनीहरूलाई राम्रो व्यवहार भने सिकाउनु पर्छ । तर तिनीहरु के चाहन्छन् भन्नेबारे निर्णय तिनीहरुलाई नै गराउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!