गल्ती सत्यको छिमेकी हो, यसलाई नजिक राख ।-रवीन्द्रनाथ टैगोर
जन्मान्धले देख्दैन । त्यस्तै कामान्धले पनि केही देख्दैन । यसै गरी मात्तिएको मान्छेले कोही सोच्दैन भने स्वार्थी मानिस स्वार्थका कारण आफनो दोष देख्दैन ।-चाणक्य
आफनो दोषको निरीक्षण नगरी अरुमाथि दोष लगाउनु व्यर्थ छ ।-बाइबल
कसैप्रति सचेत नहुनु सबभन्दा ठूलो दोष हो ।-कार्लाइल
त्यही मानिस सही काम गर्न सक्छ जो प्रत्येक पाइलामा त्रुटिहरूसँग डराउँछ ।-अज्ञात
उसका गुणहरूप्रति खुब दयालु भइदेउ,उसका दोषहरूप्रति अलिकति आखाँ चिम्लिदेउ ।-प्रायर
अन्धो त्यो हैन जो देख्दैन । वास्तविक अन्धो त्यही हो जो देखेर पनि आफनो दोष लुकाउँछ ।-महात्मा गान्धी
Wow really great line..just love it😘