-समय मुल्यवान हुन्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ ।–डिज्रायली
-एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ ।– अज्ञात
-पापी मानिस सत्यबाट डराउँछ ।–सुकरात
-सत्य तितो हुन्छ । –चाणक्य
-सत्य सुन्दर हो र सुन्दर नै सत्य हो । –लक्ष्मीप्रसाद देवकोटा
-सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन । –बेकन
-कुन सत्य हो, सत्य कसरी चिन्नु ? जुन प्राणीको हितमा छ उही सत्य भनेर जान्नु ।–भानुभक्त आचार्य
-जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैनत्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ ।–मिल्टन
-सत्य बस्तुत अन्त्यसम्म नै सत्य नै रहन्छ ।–सेक्सपियर
-साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ ।–कार्लाइल
-सत्य बोल यदी त्यो तिम्रो विपरीत छ भने पनि ।–कुरान
-संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केही हुदैन ।–चसर
-सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन ।–बाल्मिकी
-जोसँग सत्य छ, त्यो एक्लै भए पनि बहुमतमा हुन्छ ।–डगलस
-सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिदैन ।–जर्मनेली उखान