कर्तव्य एउटा अत्यन्त व्यक्तिगत मामिला हो । कर्तव्य गर्नको लागि अरु कसैले आह्वान गर्नु हुँदैन ।
इृश्वरले यो सुन्दर संसार हाँस्ने खेल्ने स साना बालकहरूका निम्ति बनाएका हुन । तिनको भविष्यतिर हेर्नुहोस । बचेका अनाथ बालकको परवरिशका लागि युवा पिता बाँच्ने छैनन । वृद्ध हजुरबा आफना चिसा आाखामा बालकलाई डोर्याएर युद्धको नरसंहार सम्झनेछन । यस्तोमा के ती जर्जर शरीरले आफनो आत्मादेखि तपाईँलाई आशिर्वाद दिन सक्लान ?
भोको छु खान देऊ । तिर्खाएको छु पानी देऊ । दुखी छु माया देऊ । म यी सबै दुखी, अनाथ, बिरामी प्राणीमा यशुको छवि देख्छु । जब म यिनको सेवा गर्दछु, तब मेरा हातले यीशुहरु छोएको अनुभव गर्दछन् ।
क्षणिक जय जा पराजय त केही समयपछि विश्वले बिर्सने छ तर चारैतर्फको विनाश, उत्पीडन, विध्वंश, बेरोजगारी र भोकमरी भने हाम्रो नयाँ पीढिँमा दशकौँसम्म कायम रहन्छन ।
म जान्दछु कि तपाईँ दुवै यति शक्तिशाली हुनुहुन्छ कि ईश्वर रचित यो सुन्दर पृथ्वी र यहाँ रहने मानवको सर्वनाश केही समयमै गर्न सक्नुहुन्छ । तर तपाईँले त्यसको औचित्य भने कहिल्यै सिद्ध गर्न सक्नुहुनेछैन ।
मेरो आँखामा दुखका आँशु टिलपिलाएर, निर्दोष मानिसका तर्फबाट झोली थापेर तपाईँसँग भिक्षा माग्दछु । म ती अनाथ बालक, विधवा, वृद्धको तर्फबाट प्रार्थना गर्दछु, जसका युवक छोरा यस युद्धमा मारिनेछन् ।
प्रेम र घृणा दुवै भयंकर सरुवा रोग जस्तै हुन । यो तपाईँमै निर्भर गर्दछ कि तपाई प्रेम वा घृणा के फिजाउन चाहानुहुन्छ ?
मनवको प्राण र उसको जीवन ईश्वरको सुन्दर वरदान हो । यदि प्राण नै रहेन भने त जीवनमा के बाँकी रहन्छ ?