दुनियाको सबैभन्दा शक्तिशाली व्यक्ति उ हो,जसले आफूलाई नियन्त्रण गर्न सक्छ ।
भोको पेट निक्लिन्छन धेरै मानिसहरु, जिम्मेवारीले अक्सर भोकलाई मेटाईदिन्छ ।
म सही छु र ऊ गलत छ, यही एक सोचले महंगा सम्बन्धहरुलाई पनि समाप्त गरिदिन्छ ।
आजको समयमा बिना करियर बनाएरै जो मानिस बिहे गर्नको लागि उत्ताउलो हुन्छन, उनै मान्छे पछि पछुताउछन
दुनियालाई झुटा मान्छे मन पर्छ, थोरै सत्य बोल्यो भने आजकल आफ्नै रिसाउँछन ।
जिन्दगी जिउने दुइ वटा तरिका छन्, कि त जे चाहन्छौ त्यसलाई पाउन संघर्ष गर, कि त जे पाएका छौ त्यसलाई चाहेर सन्तोष गर, यो बाहेक अरु बाटो खोज्नु भनेको ठक्कर खाएर दुख पाउनु मात्र हो ।
जिन्दगीमा सहज कुरा केही हुँदैन बाच्न अनि हास्न को लागि दुख त गर्नैपर्छ ।
दुनियाँमा लगभग ८०० प्रकारका खेल खेल्ने गरिन्छ तर भावनाहरूसँग खेल्नु मानिसहरूको सबैभन्दा मनपर्ने खेल हो ।
यदि तपाइको जीवनमा कुनै दुख छ भने एउटा कुरा याद राख्नु, राम्रो जीवन पाउनको लागि खराब दिनहरूसँग लड्नु पर्दछ ।