टीएमएस भनेकाे के हो ? बनाउनुस् नि:शुल्क

ByBibas Kulung

२ आश्विन २०७८, शनिबार ०८:३४ २ आश्विन २०७८, शनिबार ०८:३४ २ आश्विन २०७८, शनिबार ०८:३४

परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा सेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै सेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन । लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी सेयर कारोबार गर्न सक्छन् । ट्रेड म्यानेजमेन्ट सिस्टममार्फत अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिने प्रकृया नै TMS हाे ।

यसका लागि सबैभन्दा पहिले तपाईंले कुनै ब्रोकर कार्यालयमा गएर टीएमएस सेवा लिनुपर्ने हुन्छ । यो लिए वापत कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाई (नो युअर कस्टमर)फारम अपडेट गराएपछि टीएमएसका लागि फारम भर्नुपर्ने हुन्छ । ब्रोकर कार्यालय अनुसार सोही दिन वा भोलिपल्टसम्म तपाईंको इमेलमा टीएमएसको युजर नेम र पासवर्ड आउँछ ।

यसरी युजर नेम र पासवर्ड आइसकेपछि तपाईंसँग भएको सेयर बिक्री गर्नका लागि कुनै समस्या छैन । तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । टीएमएसबाट सेयर बिक्री गर्नका लागि तपाईंले अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, बिक्री गर्न चाहेको सेयरको मात्रा र मूल्य लेखेर बिक्री गर्न सक्नुहुन्छ । यसरी बिक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ । यसरी सेयर मूल्य राख्दा तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्ममा राख्न सकिन्छ ।

त्यसैगरी टीएमएसबाट कुनै कम्पनीको सेयर खरिद गर्दा पनि बाइ अर्डरमा गएर कम्पनीको नाम, खरिद गर्न चाहेको कित्ता र मूल्य राखेर समिट गर्न सकिन्छ । तर यसका लागि तपाईंसँग खरिद गर्न लागेको कुल रकमको २५ प्रतिशत रकम टीएमएसमा धितोका रुपमा राख्नुपर्ने हुन्छ ।

तपाईंले ब्रोकर कार्यालयमार्फत् कनेक्ट आइपीएसमार्फत् टीएमएसको कोल्याट्रर राख्न सक्नुहुन्छ । कोल्याट्रलरमा जति रकम देखिन्छ त्यसलाई २५ प्रतिशत रकम मान्न सकिन्छ । जस्तै तपाईंको कोल्याट्रलमा २५ हजार रुपैयाँ छ भने तपाईंले १ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न पाउनु हुन्छ । तपाईंले अर्डर र सेयर खरिद गरेसँगै धितोका रुपमा राखिएका कति रकम खर्च भयो भन्ने देखिन्छ । यदि तपाईंले सेयर खरिद गर्नु भयो भने त्यसवापतको पैसा ब्रोकर कार्यालय वा कनेक्ट आइपीएसमार्फत् भुक्तानी गरिसकेपछि धितो पुरानै अवस्थामा देखिन्छ ।

यसरी खरिद गरेको सेयर कित्ता ३ दिनभित्रमा तपाईंको खातामा आइसक्नुपर्ने व्यवस्था छ भने सेयर बिक्री गरे वापतको पैसा ३ दिनभित्र तपाईंको बैंक खातामा आइसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!