मूल्यगत जोखिम (मार्केट रिस्क): शेयरबजारमा भएका सबै कम्पनीहरुको शेयरमूल्य घटबढ हुन्छ। आफूले खरिद गरेको शेयरको मूल्य कुनैबेला पनि घटबढ हुन सक्छ। दैनिक कारोबारसँगै शेयरको मूल्य परिवर्तन भईराख्छ। धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
सामान्यतया प्राथमिक बजारमा लगानी गरेका लगानीकर्ताहरुले यस्तो जोखिम व्यहोर्नु पर्दैन भन्ने मानसिकता राख्दछ। उनीहरुको मूल्यगत जोखिम दोस्रो बजारमा शेयर खरिद गरेका लगानीकर्ताहरुको तुलनामा कम हुन्छ तर शून्य भने हुँदैछ।
व्यावसायिक तथा व्यवस्थापकीय जोखिम (बिजनेश रिस्क): सबै कम्पनी सँधै प्रगतिकै बाटोमा अघि बढ्छ भन्ने छैन। कुनैपनि कम्पनी गलत व्यस्थापकको हातमा परे अथवा व्यवस्थापकले गलत व्यावसायिक रणनीति अपनाएमा त्यो कम्पनी जुनसुकै बेलामा ताट पल्टिन सक्छ। यसको प्रत्यक्ष असर सो कम्पनीका शेयरधनीहरुलाई पर्छ।
नियामकिय जोखिम (रेगुलेटरी रिस्क): कुनै पनि कम्पनीको शेयरमूल्यलाई नियामक निकायको जोखिम रहन्छ। नियामक निकायले गर्ने नीतिगत परिवर्तनका निर्णयले कम्पनीको शेयरमूल्यमा उतारचढाव ल्याउन सक्छ। त्यस्तै, केन्द्रिय बैंकले समायानुसार परिवर्तन गर्ने करको दरले पनि शेयरमूल्यमा प्रभाव पारिरहेको हुन्छ। यस्तै समय समयमा नियामकीय व्यवस्थाका कारण हुने जोखिम नै निकायमकीय जोखिम हो।
अन्य जोखिमः शेयरबजारमा यी बाहेक अन्य जोखिमहरु पनि हुन्छन्। जस्तै, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर, लगानीकर्ताको मनोविज्ञान जस्ता कारणहरुले शेयरबजारमा दैनिक जोखिम सिर्जना भइरहेका हुन्छन् । त्यस्तै, नेपाली शेयरबजारमा हल्लाले पनि प्रभाव पारिरहेको हुन्छ। कुनै कम्पनीसँग सम्बन्धित हल्लाहरु चलाएर त्यसको शेयरमूल्यलाई घटाउन वा बढाउन खोजिएको हुन्छ।
जोखिम व्यवस्थापनका तरिका अर्काे अंकमा…..