अनलाइनबाट शेयर कारोबार कसरी गर्ने ?

ByBibas Kulung

२ आश्विन २०७८, शनिबार १८:१९ २ आश्विन २०७८, शनिबार १८:१९ २ आश्विन २०७८, शनिबार १८:१९

अनलाइनबाट सेयर कारोबार गर्नका लागि लगानीकर्ताले ब्रोकरबाट TMS एकाउन्ट बनाउने । एकाउन्ट फ्रिमै बनाउन सकिन्छ। एकाउन्ट  नभएसम्म लगानीकर्ता अनलाइन कारोबारमा जोडिन पाउने छैनन्।

उक्त यूआरएल खोलेर ‘फरगेट पासवर्ड’मा क्लिक गर्नुपर्नेछ र उक्त विन्डोमा आफ्नो युजरनेम र इमेल प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि इमेलमा पासवर्ड परिवर्तन गर्ने लिंक उपलव्ध हुनेछ। इमेलमा प्राप्त लिंकमा गई पासवर्ड परिवर्तन गर्नुपर्नेछ।

अब ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजरनेम र पासवर्ड प्रयोग गरी टिएमएस ‘समिट’ गरी सिस्टम लगिन गर्न सकिन्छ। लगीनका क्रममा ओटिपी (वन टाइम पासवर्ड) लगानीकर्ताले इमेलमा प्राप्त गर्न सक्नेछन्। सो ‘ओटिपी’ स्कृनमा राखी लगिन गर्नुपर्नेछ।

अर्डर पोष्ट गर्नका लागि बायाँ साइडमा रहेको अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गर्नुहोस्। त्यसपछि अर्डर इन्ट्रीको स्कृन खुल्नेछ। सेयर खरिद गर्नेले ‘बाइ’ बेच्नेले ‘सेल’ छान्नुहोस्।

सेयरको प्रकारमा ‘इक्वीटी’ छान्नुहोस्। अब कम्पनी छनौट गर्नुहोस् र उक्त कम्पनीको प्रविष्टित आदेशहरु हेर्न सकिन्छ। त्यही आदेश पेजमा सेयर संख्या र चाहेको मूल्य राख्नुहोस् र ‘प्लेस अर्डर’ क्लिक गर्नुहोस्। सो क्लिकपछि यदी ‘एमई नट लग’ भन्ने सन्देश आएमा ब्रोकरलाई नै सम्पर्क गर्नुहोस् र आफ्नो डिएनए लगिन गर्न भन्नुहोस्।

अन्यथा अर्डर प्लेस भएको सन्देश स्कृनमा आउनेछ। अर्डर दिइसकेपछि आफैले त्यही स्कृनमा हेर्न सकिनेछ। अर्डर म्याच भएमा कारोबार सम्पन्न हुनेछ भन्ने अन्यथा त्यो दिनको अन्त्यमा रद्द हुनेछ।

बीचमा अर्डर परिवर्तन वा रद्द गर्न अर्डर म्यानेजमेन्टमा गई अर्डर बुकमा जानुहोस् र ओपन अर्डरमा क्लिक गर्नुहोस्। आफ्नो अर्डरको ‘मोडिफाइ’ संकेतमा क्लिक गरी किनबेच गर्न चाहेको संख्या वा मूल्य परिवर्तन गरी प्लेस अर्डरमा क्लिक गर्नुहोस् वा रद्द गर्न चाहेको खण्डमा क्यान्सिल संकेतमा क्लिक गरी रद्द गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!