चाणक्यको जीवनी अनि भनाइहरू

ByBibas Kulung

२६ मंसिर २०७८, आईतवार १७:५४ २६ मंसिर २०७८, आईतवार १७:५४ २६ मंसिर २०७८, आईतवार १७:५४ #चाणक्य, #चाणक्य नीति, #तक्षशीला गुरुकूल


चाणक्यको जन्म इसा पूर्व ३७० मा भएको हो । मगधमा जन्मेका उनी तक्षशीला गुरुकुलबाट दीक्षित भए । किम्बदन्ती अनुसार जीवनको उत्तरार्धमा चाणक्य वानप्रस्थ गए र निराहार रहेर मृत्युवरण गरे जैन लेखक हेमचन्द्रका अनुसार चाणक्यको मृत्यु चन्द्रगुप्तका छोरा बिन्दुसार राजा भएका बेला, तत्कालीन मन्त्री सुबन्धुको षड्यन्त्रबाट गराइएको थियो । चाणक्यलाई मन नपराउने सुबन्धुले बिन्दुसारलाई उनकी आमाको हत्याको जिम्मेवार चाणक्य भएको बताएका थिए । राजाको क्रोधबारे थाहा पाएका चाणक्यले त्यसपछि प्राण त्याग्ने अठोट गरे र जैन परम्परा अनुसार मृत्युपर्यन्त निराहार रहे । मृत्यु हुनु अघि राजाले सुबन्धुको षड्यन्त्र र आमाको हत्यामा चाणक्यको जिम्मेवारी नरहेको थाहा त पाए, तर मन्त्रीले राजाको आदेश बिपरित चाणक्यको आत्मदाह गराईदिए ।

चाणक्य नीतिको प्रचलन नेपालमा मल्ल कालमा भएका प्रमाणहरू पाइन्छन् । चाणक्य नीतिका प्रशस्त हस्तलिखित प्रतिहरू पुरातत्व विभागमा संरक्षित छन् । राजा हरिसिंहदेवका मन्त्री आचार्य चण्डेश्वरले आफ्नो ग्रन्थ राजनीतिरत्नाकरमा आचार्य चाणक्यलाई समुचित सम्मान दिएका छन् ।

उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक, तथा मार्क्स जस्तै सामाजिक दर्शनकार पनि हुन् । आचार्य विष्णु गुप्त चाणक्य वा कौटल्यको नाम श्रीमदभागवत, विष्णु पुराण, कामन्दक नीतिसार, पञ्चतन्त्र, कादम्बरी, दशकुमार चरित्र आदि कैयौँ संस्कृत ग्रन्थहरूमा सम्मान साथ उल्लेख गरिएको छ । केवल संस्कृत साहित्यमा मात्र होइन अपितु बौद्ध र जैन ग्रन्थहरूमा पनि उल्लेख पाइन्छ ।

चाणक्यका महान भनाइहरू

-विवेक पाएका गुणले सुन्दरता प्राप्त गर्दछन् । जसरी सुनमा जडिएको रत्न ज्यादै शोभायमान हुन्छ ।

-विगतलाई लिएर शोक गर्न हुदैन, भविष्यमा के होला भनेर चिन्ता गर्नु हुदैन । वर्तमानको समयलाई हेरेर नै विद्धानहरु कुनै कार्यमा लाग्दछन् ।

-जहाँ राजा हुदैनन त्यहाँ सबलले दुर्बललाई खान्छ । तर जहाँ राजा हुन्छ त्यहाँ निर्बल पनि सबल बन्छ ।

-स्त्रीको गुरु पति हो । अतिथि सबैको गुरु हो । चारै वर्णको गुरु बा्रह्मण हो ।

-भेलभाव गोप्य राख्नु सफलताको साँचो हो । अतः मनको भेद हृदयलाई पनि नदेऊ ।

-अपार वैभवशाली कुवेरले पनि यदि आम्दानी भन्दा बढी खर्च गरे भने कंगाल हुनेछन् ।

-जो बाँचिरहँदा विद्धान, मित्र र बन्धु बान्धव पनि बाँच्दछन, उसैको जीवन सार्थक छ । आफना लागि त को बाँच्दैन र ?

-चामलभन्दा दस गुणा पीठो गहुँको, पीठोभन्दा दस गुणा दूध र दूध भन्दा दस गुणा गुणकारीयुत्त हुन्छ ।

-कुलकै कारणले कोही ठूलो हुँदैन, विद्याले नै उसलाई पूजनीय बनाउँछ ।

-जसको मनमा पाप छ ऊ सयपटक तीर्थस्नान पछि पनि पवित्र हुन सक्दैन । जसरी मदिराको पात्र पोलेर पनि शुद्ध हुदैन ।

-प्राणीले जस्तो भोजन गर्छ, उसका त्यस्तै सन्तान हुन्छन् ।

One thought on “चाणक्यको जीवनी अनि भनाइहरू”
  1. तपाईको प्रत्यक पोस्ट मैले नछुटाई हेर्ने गर्छु दाइ🙏🙏❤️❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!