केही संकलित महान भनाइहरू

ByBibas Kulung

३ भाद्र २०७८, बिहीबार १७:०१ ३ भाद्र २०७८, बिहीबार १७:०१ ३ भाद्र २०७८, बिहीबार १७:०१ #केही संकलित महान भनाइहरू, #प्रेरक भनाइहरू, #महान भनाइहरू, #राम्रा भनाइहरू

-सम्झौताले बनाएको सम्बन्ध स्वार्थ रहेसम्म मात्र टिक्छ तर प्रेमले बनाइएको सम्बन्ध अन्तिम सास रहेसम्म टिक्छ ।
-मान्छेबाट भूल हुनु प्रकृति हो, त्यसलाई स्विकार्नु संस्कृति हो र त्यसमा सुधार गर्नु प्रगति हो ।
-माथि उड्नको लागि पखेटाको आवश्यकता चरालाई मात्र हुन्छ, मान्छे त जति तल झुक्छ त्यति नै माथि उठ्ने गर्छ ।
-मान्छेको अगाडि विनम्रताले झुक्न जरुरी छ तर यति पनि नझुक्नु कि उठ्नको लागि कसैको सहारा लिन परोस् ।
-हातको रेखालाई हेरेर भाग्यमा विश्वास नगर्नुस किनकि भाग्य त हात नहुनेहरूको पनि हुन्छ ।
-अनुमान गलत हुन सक्छ तर अनुभव कहिले पनि गलत हुन सक्दैन ।
-मौनता र मुस्कान दुवै शक्तिशाली हतियारहरु हुन् किनकि मुस्कानले धेरै समस्याहरुलाई हाल गर्छ र मौनताले धेरै समस्याहरुलाई टाढा राख्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!