वैदेशिक रोजगारीाम जानेमध्ये आधाजसो स्वदेशमै शोषित !

ByBibas chetan

२८ असार २०७५, बिहीबार ०९:३६ २८ असार २०७५, बिहीबार ०९:३६ २८ असार २०७५, बिहीबार ०९:३६

काठमाडौं । वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको खबर आजको नागरिक दैनिकले छापेको छ ।

गन्तब्य मुलुकमा नेपाली रोजगारदाता र असरकारको पहुँच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेका बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो।

समाचारका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव अधिकारका लागि जनमञ्चले गरेको अध्ययनमा कामदार शोषणको केन्द्र आफ्नै मुलुक पाइएको छ। उक्त अध्ययनका अनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये ४५ प्रतिशत विदेश जानुअघि नै शोषणमा पर्ने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!