तक्मे बुढाको सहयोगमा कुल्फीवालाले नागरिकता पाए

ByBibas chetan

१ भाद्र २०७५, शुक्रबार ०७:०२ १ भाद्र २०७५, शुक्रबार ०७:०२ १ भाद्र २०७५, शुक्रबार ०७:०२

सोलुखुम्बु, भदौ १ गते गर्मीमा कुल्फी, जाडो महिनामा बदाम बोकेर काठ्मान्डौको बौद्ध, नयाँबस्ती, जोरपाटी, नारायणटारका चोक, गल्ली, सडकमा नाँच्दै, गाउँदै कुल्फी बेच्दै आएका कुल्फिवाला मन कुमार राईले नागरिकता पाएका छन् युटुव हेरेर हङकङबाट कविता गुरुङ र बिमला राईले पठाएको आर्थिक सहयोगमा केही रकम कलाकार विल्सन विक्रम राईले थपेर दिएपछि कुल्फीवालाले नागरिकता पाएका हुन् ।

उहाँले विहिबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुवाट नेपाली नागरिकताको प्रमाण पत्र लिनुभएको हो । मनकुमारलाई सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले नागरिकताको प्रमाण पत्र प्रदान गर्नुभयो । नागरिकता प्राप्त गरेपछि राई खुशी व्यक्त गर्नु भयो ।
‘लहै आयो है कुल्फी, हिउँभन्दा चिसो छ, सबैभन्दा मीठो छ, हाँसेको, नाँचेको पैसा लाग्दैन, घामले डढेको, पानीले भिजेको, खुट्टा दुःखेको, घाँटी सुकेको, बोकेको अनि गीत गाएको चाँहि अलिकति पैसा लाग्छ । त्यही भएर १५ रुपीयाँ पर्छ, १५ रुपीयाँ प¥यो भनेर मन नदुःखाउनुहोस, गुनासो पनि नगर्नुहोस, दुःखी पनि नहुनुहोस, घामले डढ्दै, पानीले भिज्दै, खुट्टा दुःखाउँदै, घाँटी सुकाउँदै, बोकेर, गीत गाउँदै तपाईहरुको घर आँगनमै ल्याएको छु, खुशी भएर खानुहोस, कुल्फी नखाएपनि कुनै गुनासो छैन, मुसुक्क हाँस्न चाँही नबिर्सिनुहोस, हाँस्यो भने मुहार पनि उज्यालो हुन्छ, अनि स्वास्थ्यलाई पनि राम्रो हुन्छ, जो हाँस्छ, जो नाँच्छ ऊ अलि धेरै बाँच्छ है ।’
राईले यसरी धाराप्रवाह रुपमा बोल्ने मात्र होइन, नाँच्दै पनि कुल्फी बेच्ने गरेका छन् । ‘आयो कुल्फी आयो, आयो कुल्फी आयो, हाँस्न पनि पाउने ? नाँच्न पनि पाउने ? बिक्रि भयो भने पैसा पनि आउने ? कुल्फी खाएर पैसा दिएन भने समाइदिन्छु जुल्फी ? आयो कुल्फी आयो, आयो कुल्फी आयो ?’
युट्युबका विभिन्न च्यानलमा अन्तरवार्ता दिएर भाईरल भएका (कुल्फीवाला) मनकुमार राई नागरिकता बनाउन २६ वर्षपछि सोलुखुम्बु आएका हुन् । हंङकङबाट कविता गुरुङ र बिमला राईले कुल्फीवाला राईको युट्युब च्यानलमा अन्तरवार्ता हेरेर पठाएको आर्थिक सहयोगमा केहि रकम थपेर तक्मेबुढा (विल्सनविक्रम राई) ले एकमुष्ठ ३३ हजार रुपैयाँ दिएपछि उनी सोलुखुम्बु आएका हुन् । कुल्फीवाला राईको मेहनत, परिश्रम र कामप्रतिको लगावलाई सम्मान गर्दै गुरुङ र राईको आर्थिक सहयोगमा तक्मेबुढाले सो रकम प्रदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!