दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ ‘यू’मा सहमति

ByBibas chetan

२ भाद्र २०७५, शनिबार ०६:५५ २ भाद्र २०७५, शनिबार ०६:५५ २ भाद्र २०७५, शनिबार ०६:५५

काठमाडौं – तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् ।

‘अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ सय १९ जनाको बन्नेछ ।’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘यसअघि नै विधान र राजनीतिक तथा शैक्षिक कार्यक्रमका बारेमा टुंगो लागिसकेको अवस्था छ ।’उनका अनुसार, संगठनको नामको अन्तिम अक्षरमा दीर्घ यू लेख्ने सहमति भएसँगै नामाकरण टुंगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!