सरकारले अब समूहगत रुपमा कर्मचारी खटाइने

ByBibas chetan

२ भाद्र २०७५, शनिबार ०७:०० २ भाद्र २०७५, शनिबार ०७:०० २ भाद्र २०७५, शनिबार ०७:००

काठमाडौं। केन्द्र सरकारले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश सरकारलाई दिएको हो ।

प्रदेशमा सचिवस्तरको कर्मचारी खटाउने अधिकार भने केन्द्र आफैले नै राखेको छ । प्रदेश सरकारमा केन्द्रका सहसचिव नै सचिव हुने प्रावधान छ ।

प्रदेश मातहत दरबन्दी सिर्जना गरिएका राजपत्राकिंत दोस्रो श्रेणी उपसचिव र उपसचिवभन्दा मुनिका कर्मचारी अब एकमुष्ठ रुपमा प्रदेश सरकारलाई पठाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!