बिरामीलाई गुणस्तरहीन औषधि

ByBibas chetan

९ भाद्र २०७५, शनिबार ०७:५१ ९ भाद्र २०७५, शनिबार ०७:५१ ९ भाद्र २०७५, शनिबार ०७:५१

काठमाडौं। ‘ब्राण्ड नेम’का आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यसो गर्दा औषधि महंगो हुने ठानिन्थ्यो ।

तर अहिले औषधि ‘प्रेस्क्राइप’ गर्दा चिकित्सकले जेनेरिक नाम लेख्नुपर्ने कानुनी व्यवस्था ल्याइँदै छ । आजको गोरखापत्रमा समाचार छ ।

अब फेरि फार्मेसीले कमिसनको लोभमा गुणस्तरहीन औषधि बेच्नसक्ने देखिएको छ । औषधि व्यवस्था विभागले भने औषधिको जेनेरिक नाम लेख्दा उपभोक्तालाई औषधि धेरै सस्तोमा बेच्न सकिने जनाएको छ ।

तर, व्यवसायीहरूले जेनेरिक नाममा जुन कम्पनीले फार्मेसीलाई बढी कमिसन दिन्छ त्यही मात्र बेच्ने भएकाले बिरामी गुणस्तरहीन औषधि सेवन गर्न आशंका गरिएको छ ।

औषधिको जेनेरिक नाममा फार्मेसीले जुनसुकै कम्पनीको औषधि दिनसक्ने भएकाले बिरामी निको हुन समस्या हुने उत्पादकहरू बताउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!