सोलुखुम्बु, भदौ ९ गते । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा शुक्रबार पुलबाट खसेर एक जनाको ज्यान गएको छ । लिखुपिके गाउँपालिकाको वडानम्बर २ मा पर्ने कोरेसी खोलाको काठे पुल तर्ने क्रममा पुलबाट खस्दा ३० वर्षिय राजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
कामबाट घर फर्कदा शुक्रबार साझ ७ बजे पुल तर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक खड्का लिखु खोलामा नुम्बुर हाइड्रोपावरको टिपर चालक हुन् । खड्का आफ्नो डिउटी सकेर साँझ पख घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।
