निर्मला हत्याकाण्ड : एक महिनापछि पीडितको घरमा ‘भिआइपी’को ओइरो

ByBibas chetan

११ भाद्र २०७५, सोमबार ०९:२१ ११ भाद्र २०७५, सोमबार ०९:२१ ११ भाद्र २०७५, सोमबार ०९:२१

कञ्चनपुर । गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना पुगेको छ । घटना भएको महिना दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर सत्तारुढ दलका नेता एवं सांसद र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता एवं सांसदले आइतबार पन्त र प्रहरीको गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका–१८ सालघारका सन्नी खुनाको घरमा पुगेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

घटनाले उग्ररुप लिएपछि सत्तारुढ दलका नेता एवं सांसदले विषेश चासोका साथ पीडित परिवारसँग भेटघाट गरेका हुन् । यस्तै प्रतिपक्षी कांग्रेसका नेता एवं सांसदले घटनाको छानबिनका लागि भन्दै दुवै मृतकका परिवारसँग भेट गरेका थिए । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवै कैलाली, ४ बाट निर्वाचित लेखराज भट्ट, नेकपाका सांसद एवं कञ्चनपुर, ३ बाट निर्वाचित डा. दिपक प्रकास भट्ट, कञ्चनपुर, २ बाट निर्वाचित नरबहादुर धामीका साथै प्रदेश सभाका सदस्यहरु पीडितका घरमा पुगेका थिए । पीडित परिवारलार्इ भेट्न नेकपाका नेता एवं ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाहलगायत प्रदेश सरकारका प्रतिनिधिहरु पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!