फोन शुल्क घटाउन नेपाल टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

ByBibas chetan

१७ भाद्र २०७५, आईतवार १४:३८ १७ भाद्र २०७५, आईतवार १४:३८ १७ भाद्र २०७५, आईतवार १४:३८

१७ भदाै, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक हप्ताका लागि फोनको शुल्क घटाउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयले आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसरमा शुल्क घटाउन टेलिकमलाई निर्देशन दिएका हुन् ।

यस्तै, दिवसका अवसरमा शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । ‘संविधान दिवशलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाति, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो,’ प्रधानमन्त्री ओलीले भने, ‘ यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!