अबको चुनावमा विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउने

ByBibas chetan

१८ भाद्र २०७५, सोमबार ११:०९ १८ भाद्र २०७५, सोमबार ११:०९ १८ भाद्र २०७५, सोमबार ११:०९

भदौ १८/काठमाडौं – विदेशमा बस्ने नेपालीहरुका लागि खुशीको खबर छ, अबको चुनावमा विदेशबाटै मतदान गर्न पाउने वातावरण बन्दैछ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेसँगै निर्वाचन आयोगले यसबारे छलफलको तयारी थालेको हो ।

सर्वोच्चले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो चुनावदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको हो ।

सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशमा भनिएको छ, ‘विदेशमा रहेका नागरिकहरुलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब शुरु गरी आउँदो चुनावसम्ममा विदेशमा रहेका नेपाली नागरिकले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनु ।’

आदेशमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुमा मात्र मतदानको अधिकार सीमित नगरी विभिन्न उद्देश्यले विदेशमा रहेका सबै नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रबन्ध गरी व्यवस्थित गर्नेतर्फ आवश्यक कदम चाल्न भनिएको छ ।

सरकार र निर्वाचन आयोगले आवश्यक वातावरण बनाए भने विदेशमा रहेका सबै नेपालीले चुनावमा मतदान गर्न पाउँदैनन् । सर्वोच्चको आदेशमा मतदानमा भाग लिनका लागि नेपाली नागरिकले विदेशी नागरिकता त्यागेको हुनुपर्ने उल्लेख छ । विदेशमा बसेको भएता पनि नेपाली नागरिकता नत्यागेको र अरु कुनै पनि देशको नागरिकता नलिएको हुनुपर्ने सर्वोच्चले स्पष्ट पारेको छ ।

आदेशमा मतदानका लागि कानूनबमोजिमको उमेर पूरा भई मतदाता परिचयपत्र भएको तथा विदेशमा रहेका नागरिकहरुको सम्बन्धमा कूटनीतिक निकायले तयार गर्ने लगतमा अद्यावधिक भएको व्यक्तिलाई लागि योग्य मानी त्यसै अनुसारको व्यवस्था गर्न भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!