अस्पताल गएकी छोरी फर्कदा छोरा !

ByBibas chetan

२१ भाद्र २०७५, बिहीबार १८:५९ २१ भाद्र २०७५, बिहीबार १८:५९ २१ भाद्र २०७५, बिहीबार १८:५९
afno news

धनगढी । अस्पताल लगिएकी छोरी घर फर्किँदा छोरो बनेपछि हंगामा मच्चिएको छ । घटना हो धनगढीको । सेती अञ्चल अस्पतालमा सोमबार डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण अस्पतालका बच्चाहरुश् साटिने जस्तो गमिभर लापरवाही हुन पुगेको हो । डडेल्धुराको आलितालकी भावना बोहरा आफन्तसँगै आफ्नो १७ दिनको विरामी नवजात शिशु ‘छोरा’ ल्याएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भइन् ।

निमोनियाले ग्रसित उनका छोरालाई चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराए । तर अस्पतालको लापरवाीले अस्पताल लगिएकी छोरी घर फर्किँदा छोरो बनेपछि अविभावकहरु ठूलो चिन्तामा देखिए । अस्पतालमा दिनचर्या नियमित झै चलिरहेको थियो । भदौ १८ गते काली खातीको बच्चालाई सञ्चो भयो र उनलाई चिकित्सकले डिस्चार्ज गर्दा एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको सट्टा, भीत्रबाट भावना बोहराको १७ दिनको छोरो ल्याएर थमाई दिए ।

घर पुगे लगत्तै छोरीलाई हेर्दा त छोरा पो भएको थाहा पाएपछि हतारिँदै साटिएको बच्चा आ–आफ्नो अभिभावकको जिम्मा लगाइयो ।
सेती अञ्चल अस्पतालले यस्तो गल्ती गर्ने स्वास्थ्यकर्मीको नाम बताउन मानेको छैन । सामान्य परिवारका मेखराजले आफुले कसैलाई नचिनेको बताउँदै सेता लुगा लगाएकी महिलाले बच्चा दिएको बताएपछि अनुसन्धान सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!