नुवाकोट हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गयो, १ नेपाली महिला भाग्यले बाँचिन्

ByBibas chetan

२३ भाद्र २०७५, शनिबार १८:३३ २३ भाद्र २०७५, शनिबार १८:३३ २३ भाद्र २०७५, शनिबार १८:३३

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गएको छ । नुवाकोटको म्यागङ गाउँपालिमा भएको दुर्घटनामा पाँच जनाको ज्यान गएको हो । गोरखाको सामागाउँबाट ७ जना यात्रुसहित काठमाडौंका लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । नुवाकोटका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो भने १ जना महिलाको गम्भीर अवस्थामा उद्दार गरिएको छ ।

हेलिकप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाको  चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी, डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको अल्टिच्युड एयरलाइन्सले जानकारी दिएको छ । सवार मध्ये डोल्मा डिकीको उद्धार गरिएको हो ।

हेलिकोप्टरमा सवार डोल्माको जीवितै उद्दार गरिएको छ । उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याइएको छ र त्यहा उपचार भइरहेको छ । मौसमका कारण मृतकका शव ल्याउन कठिनाई भइरहेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!