एसपी बाबुछोरासँगै मेयरका भतिजको डीएनए परीक्षण थालियो

ByBibas chetan

२८ भाद्र २०७५, बिहीबार १८:०१ २८ भाद्र २०७५, बिहीबार १८:०१ २८ भाद्र २०७५, बिहीबार १८:०१

२८ भदौ, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको हो । अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डीएनए परीक्षणका लागि बिहान रगतको स्याम्पल लिएको स्रोतले बतायो । विष्टलार्इ प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ ।

उनीसँगै विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुको पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको जनाइएको छ । यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएसए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका छन् ।

त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् । रोशनी हाजिर जमानीमा छुटेकी थिइन् भने बबिता ३० हजार रुपैयाँ धरौटीमा छुटेकी हुन् ।

मुलुकी फौजदारी कार्य्विधि (संहिता) २०७२ को दफा १५ अनुसार अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई धरौट वा जमानत लिई वा उसलाई अभिभावकको जिम्मामा हाजिर जमानीमा छोड्न सक्ने व्यवस्था छ ।

साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थिएन ।

आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।

copy-@onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!