गााँजा फडानीलाई निरन्तरता

ByBibas chetan

२९ भाद्र २०७५, शुक्रबार १८:३६ २९ भाद्र २०७५, शुक्रबार १८:३६ २९ भाद्र २०७५, शुक्रबार १८:३६
https://bibaskulung.com.np

सोलुखुम्बु, भदौ २९ गते । जिल्ला प्रहरी कार्यालयले गाँजा फडानी गर्ने कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ । गत १३ गते ६ हजार बोट गाजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले आज पुनः एक हजार १ सय गाजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुई हप्ता अघि सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका २– स्थित खाम्जे स्थित छाङवा शेर्पाको ३ रोपनी जग्गामा उम्रिएको गाँजा फडानी गरेको प्रहरीको टोलीले आज सोलुदुधकुण्ड नगरपालीका वडा नम्बर ६ स्थीत नव श्रेष्ठको बारीमा उम्रिएको करिब एक हजार १ सय बोट गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक नविन राईको नेतृत्वमा खटिएको प्रहरी टोलिले २ दिन लगाएर फडानी गरेको गाँजा आज गरेको प्रहरीले जनाएको छ । प्राकृतिक रुपमै उम्रिएको भनिएको गाजा प्रहरीले नष्ट गरेको हो । साथै प्रहरीले जिल्लाका अन्य क्षेत्रमा उम्रिएको गाजा पनि नष्ट गर्ने अभियानलाई तित्र्रता दिईने प्रहरी नायब उपरिक्षक सालिग्राम शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!