आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा

ByBibas chetan

२७ आश्विन २०७५, शनिबार १४:०६ २७ आश्विन २०७५, शनिबार १४:०६ २७ आश्विन २०७५, शनिबार १४:०६

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणमा गएको कोरियाली टोली हिमपहिरोमा परेको छ ।

सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ५ जना कोरियाली र ४ जना नेपाली टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेको स्थानीयको भनाई उद्धृत गर्दै वडा अध्यक्ष झक छन्त्यालले जानकारी दिएका छन् ।

९ जनामध्ये ८ जनाको शव भेटिएको छ भने हराइरहेका एक जनाको खोजीकार्य जारी छ । गुर्जा गाउँबाट करिव ५ घण्टाको दूरीमा रहेको आधार शिविरमा पुग्न नसकेर एक कोरियाली सहित ३ जना बाटोबाटै फर्किएर ज्यान जोगाएका छन् । घटनास्थलमा एकजनाको शव भेटिएको छ ।

शुक्रबार राति हिमपहिराे गएकाे जनाकारी प्राप्त भएपछि प्रहरीलाई खबर गरिएको थियो । खोजीकार्यका लागि हेलिकप्टर समेत गुर्जा पुगेको छ । काठमाडौंको प्रोजक्ट ओए नामक एजेन्सी मार्फत टोली हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!