नेकपाको पूरानै नाम सदर, कट्टेलको निवेदन खारेज

ByBibas chetan

९ कार्तिक २०७५, शुक्रबार १६:१४ ९ कार्तिक २०७५, शुक्रबार १६:१४ ९ कार्तिक २०७५, शुक्रबार १६:१४

काठमाडौं, ९ कात्तिक । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोही नामलाई सदर ठहर गरेको छ ।

आयोगले ऋषि कट्टेल समूहले निर्वाचन आयोगमा दिएको निवेदन खारेज गरिदिएको छ । निर्वाचन आयोगको संवैधानिक इजलासले कट्टेल समूहको निवेदन खारेज गर्दै पूरानै नामलाई यथावत राख्ने निर्णय गरेको आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिएका छन् ।

आयोगको हिजो र आज बसेको संवैधानिक इजलासको बैठकपछि निवेदन खारेज गर्ने निर्णय आज गरिएको हो । तत्कालीन दुई वाम दल नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) एकीकृत भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नामका विषयमा विवाद भएको थियो ।

शुरुमा नेकपा अन्डरलाइन प्रस्ताव गरिए पनि पछि कोष्ठकभित्र छुट्टिने गरी ने क पा राखी पार्टी दर्ता गरिएको थियो । आयोगले दुवै दलका प्रतिनिधि तथा कानून व्यवसायीको राय बुधबार सुनेको थियो भने बिहीबार र शुक्रबार छलफल गरेको थियो ।

नेकपाको नाममा दुवै दलका आ–आफ्ना दाबी रहेका छन् । सत्तारुढ दलले मिल्दोजुल्दो गरी नाम राखेपछि कट्टेल समूह असन्तुष्ट थियो ।

निर्वाचन आयोगमा पहिलेदेखि नै कट्टेलको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता थियो । पछि दुई वाम दल मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएको थियो । कट्टेलले आयोगले आफ्नो पक्षमा निर्णय नगरे सर्वोच्च अदालत जाने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!