फेसबुकले ल्यायो नयाँ भिडियो एप

ByBibas chetan

२६ कार्तिक २०७५, सोमबार ०९:३८ २६ कार्तिक २०७५, सोमबार ०९:३८ २६ कार्तिक २०७५, सोमबार ०९:३८

२०७५ कार्तिक २६ /सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । प्रयोगकर्ताले फिल्टर्स तथा विशेष इफेक्ट सहितका छोटो फम्र्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने उक्त भिडियो एपको नाम Lasso रहेको छ ।

फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ । यो एपमा भिडियो इडिटिङ टुल्स रहेको छ जसले प्रयोगकर्तालाई आफ्नो भिडियोमा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा उपलब्ध गराउनेछ ।

फेसबुकले कुनै औपचारिक घोषणा तथा भव्य समारोहविनै सुटुक्क यो नयाँ एप लञ्च गरेको हो । फेसबुक प्रवक्ताका अनुसार छोटो तथा मनोरञ्जक भिडियोका लागि लास्सो निकै उपयोगी एप हुनेछ । फेसबुकले अहिले यो एप प्रयोगकर्ताबाट उनीहरुका गुनासा तथा पृष्ठपोषण संकलन गरिरहेको उनले बताएका छन् ।

फेसबुकका अनुसार यो एप निशुल्क रुपमा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो इस्टाग्राम वा फेसबुक अकाउन्ट बाट यो एपमा लगइन गर्न सक्दछन् । अनि लास्सो एपबाट भिडियो तयार पारी आफ्नो फेसबुकमा शेयर गर्न सक्दछन् । निकट भविष्यमा लास्सोबाट इन्स्टाग्राममा पनि भिडियो शेयर गर्ने फिचर फेसबुकले थप गर्ने बताइउको छ ।

-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!