नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी नेपाल आउँदै

ByBibas chetan

१० मंसिर २०७५, सोमबार १९:१४ १० मंसिर २०७५, सोमबार १९:१४ १० मंसिर २०७५, सोमबार १९:१४

काठमाडौं, १० मंसिर । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङ सान सुकी अर्को साता नेपाल आउने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आउन लागेकी हुन् । उनी काठमाडौं हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुने छिन् । मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ ।

‘प्रधानमन्त्रीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आउन लाग्नुभएको हो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘एसिया प्यासेफिक समिटमा पनि सहभागी भएर फर्किन्नु हुन्छ ।’ उनको भ्रमणको विस्तृत कार्यतालिका खुलाइएको छैन । यसअघि सन् २०१४ मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सुकी नेपाल आएकी थिइन् । २०१५ मा भएको आमनिर्वाचनमा सुकीको पार्टी सत्तामा आएपछि सुकी पहिलो पटक नेपाल आउन लागेकी हुन् ।

पछिल्लो समय म्यानमारका रोहिंग्या समुदायमाथि भएको सरकारी दमनको विरोध नगरेको भन्दै सुकीको आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!