सुतेकै ठाउँमा दिदीबहिनी मृत भेटिए

ByBibas chetan

१२ मंसिर २०७५, बुधबार १०:३४ १२ मंसिर २०७५, बुधबार १०:३४ १२ मंसिर २०७५, बुधबार १०:३४

सोलुखुम्बुको पर्यटकिय बजार लुक्लामा सुतेको अवस्थामा दिदिबहिनी मंगलबार मृत भेटिएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका २ लुक्लाबजारको एउटा होटलमा दुई बालिका मृत अवस्थामा भेटिएका हुन् । लुक्लाबजारको एभरेष्ट माउण्टेन होममा काम गर्दै आएका महाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षिया संगना राई र उनकी ९ वर्षिया बहिनी खुशी राईलाई सुतेकै ठाउँमै मृत भेटिएको प्रहरीले जनाएको छ ।
संगिनाले ५ वर्षदेखि होटलमा घरेलु काम गर्दै आएका थिए, भने खुशीले लुक्ला आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै आएका थिए । सोमबार राती खाना खाएर सँगै सुतेका राई दिदीबहिनी आज विहान अबेरसम्म नउठेपछि ढोका खोल्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ । घ
टनास्थलमा प्रहरी नायब उपरीक्षकको टोली पुगी थप अनुसन्धान गरेको छ । मृतक दिदीबहिनीको लाशलाई पोष्टमार्टनका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको प्रहरीले बताएको छ । घटना हुनुको कारण प्रहरीले अनुसन्धान गरिरहेको जनाएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!