महाकुलुङ २ को भवन उद्घाटन

ByBibas chetan

१४ मंसिर २०७५, शुक्रबार १४:४७ १४ मंसिर २०७५, शुक्रबार १४:४७ १४ मंसिर २०७५, शुक्रबार १४:४७

सोलुखुम्बु, मंसिर १४ गते । महाकुलुङ २ को वडा कार्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । वडापालिकाको लागतमा निर्माण सम्पन्न गरिएको भवनको उद्घाटन प्रदेश नं १ क का संसद उत्तम कुमार बस्नेतले आईतबार उद्घाटन गर्नु भएको हो ।
वडा कार्यालयको ४ कोठे भवन वडाकार्यालयको २९ लाख ९८ हजार लागत र स्थानीयहरुको श्रमदानबाट सम्पन्न भएको महाकुलुङ २ का वडाध्यक्ष प्रदिप राईले बताउनु भयो ।
उद्घाटन कार्याक्रम महाकुलुङ २ का वडाध्यक्ष प्रदिप राईको अध्यक्षता तथा प्रदेश नम्बर १ का माननिय साांसद उत्तम कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्याक्रममा महाकुलुङ गाउपालिकाका कर्मचारीहरु, प्रतिनिधीहरु, महाकुलुङ ताल सर्भे गर्न आएका ईन्जिनियरहरु, राजनितिक दलका प्रतिनिधीहरु, शिक्षक, वुद्धिजिवी, पत्रकार लागयत स्थानीयहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!