बसन्ति नाछिरिङ
सोलुखुम्बु, मंसिर १५ गते । सोलुखुम्बुका प्रदेश सांसद उत्तम कुमार बस्नेतले निजी लगानीमा न्यानो कपडा वितरण गर्नुभएको छ । महाकुलुङ २ पेल्माङका दलित विपन्न परिवारका बालकालिकाहरुलाई कपडा वितरण गर्नुभएको हो ।
महाकुलुङ २ को वडा कार्यालय उद्घाटन गर्न महाकुलुङ आउनु भएका सांसद उत्तम कुमार बस्नेतलले पेल्माङका ३० जना दलित तथा विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नु भएको हो ।
महाकुलुङ आउनु भएका सांसद बस्नेतले ३० जना बालबालिकाहरुलाई ज्याकेट, जुत्ता, मोजा, लगायतका कपडा वितरण गर्नु भएको हो । कपडा वितरण गर्दै सांसद बस्नेतले विकास निर्माण तथा स्थानीय जनतासँग आफm नजिक भएकोले काठ्मान्डौबाट नै वितरण गर्ने योजना बनाई कपडा खरिद गरि वितरण गरेको बताउनु भयो । कपडा पाएपछि बालबालिकाहरु खुशी भएका छन् । चिसोका समयमा न्यानो कपडा पाएको हुदा धेरै खुशी भएको सन्देश विकले बताउनु भयो ।
