प्रधानमन्त्रीलाई १ लाख डलरको अवार्ड

ByBibas chetan

१६ मंसिर २०७५, आईतवार १८:२३ १६ मंसिर २०७५, आईतवार १८:२३ १६ मंसिर २०७५, आईतवार १८:२३

१६ मंसिर, काठमाडौं । विवादास्पद कार्यक्रम एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ प्रदान गरिएको छ ।

आयोजक युनिभर्सल पिस फेडरेसनले आइतबार आयोजित समापन समारोहमा ओलीलाई १ लाख डलर राशिको अवार्ड दिएको हो ।

ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी छन् । पुरस्कार पाएलगत्तै ओलीले सरकारलाई त्यो रकम हस्तान्तरण गर्ने बताएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने-‘प्रधानमन्त्रीज्यूले त्यो रकम सरकारलाई हस्तान्तरण गरेर युवा तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताउनु भएको छ ।’

अधिकारीका अनुसार कोष नै खडा गरेर त्यो रकम खर्च गर्ने ओलीको चाहना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!