कांग्रेस महासमिति बैठकमा पेश गरिने राजनीतिक प्रस्तावमा यस्तो आयो सुझाव

ByBibas chetan

१७ मंसिर २०७५, सोमबार १३:५३ १७ मंसिर २०७५, सोमबार १३:५३ १७ मंसिर २०७५, सोमबार १३:५३

१७ मंसिर, २०७५ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई यही मंसिर २८ गतेदेखि हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमा जनमुखी कार्यक्रम समावेश गर्न सुझाव आएको छ ।

त्यसैगरी नेतृत्वको कार्यशैली रुपान्तरण गरी मित्र राष्ट्र भारत र चीनलाई समदुरीमा राखेर दस्तावेज तयार गर्न सुझाव पनि आएको छ ।

नेपाली कांग्रेसको महासमिति बैठक नजिकिँदै गर्दा दबाब समूहहरुका बैठक पनि बाक्लिँदै गएका छन् ।

पछिल्लो हप्ताभित्रै जिल्ला सभापतिहरु र जिल्ला कोषाध्यक्षहरुले भेला नै गरेर राजनीतिक दस्तावेजमा समावेश गर्नुपर्ने सुझाव दिएका छन् ।

भातृ तथा शुभेच्छुक संघसंस्थाले पनि अनौपचारिक बैठक गरी पार्टी विधानमा आफू अनुकूलका व्यवस्था राख्न दबाब दिइरहेका छन् ।

नीति तथा सांगठित संरचना तयार पार्ने सबैभन्दा ठूलो निकाय महासमिति बैठक हो ।

यसले पार्टीको विधान तथा राजनीतिक मार्गनिर्देशन तय गर्ने भएकाले सबै समूहले दबाब दिने गर्दछन् ।

महासमितिको तयारीका लागि गठन भएका समितिहरुले देशभरबाट सुझाव लिइरहेका छन् । केन्द्रीय समितिमा पनि विधानमाथि छलफल जारी छ ।

कांग्रेसको राजनीतिक दस्तावेजमा दुरदराजमा बस्ने नेपालीको मन छुने विषय समावेश गर्नुपर्ने अधिकांशको सुझाव छ ।

अबको चार वर्षपछि पार्टी सत्तामा जाने गरी नागरिकका मन छुन सक्ने विषयलाई राजनीतिक दस्तावेजमा समावेश गर्नुपर्ने स्थानीय नेताहरुको सुझाव छ ।

मुलुकको समृद्धिका लागि कृषि, पर्यटन, व्यापार, जनचेतना र विकास निर्माणका एजेन्डालाई राजनीतिक दस्तावेजमा समेट्न कांग्रेस कार्यकर्ताको सुझाव छ ।

राजनीतिक दस्तावेजमा समस्याको उत्खनन् मात्र नगरी त्यस्ता समस्या समाधानको स्पष्ट मार्गचित्र बनाउन पनि सुझाव आएका छन् । मित्र राष्ट्र भारत र चीनलाई समदूरीमा राखेर व्यवहार गर्न कतिपयको सुझाव छ ।

प्रजातान्त्रिक मुलुकका प्रमुख प्रतिपक्षीलाई वेटिङ सरकारको रुपमा लिने प्रचलन छ ।

कांगेसलाई सत्ता बाहिर हुँदा राम्रो कुरा गर्ने र सत्तामा पुगेपछि बिर्सने गरेको आरोप छ । उसको राजनीतिक दस्तावेज अब सत्तामा जाने भ¥याङ मात्र बन्नु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!