अर्जेन्टिनाको घरेलु लिगमा कुकुरले गर्‍याे ‘गाेलकिपर’काे काम (भिडियाेसहित)

ByBibas chetan

२१ मंसिर २०७५, शुक्रबार ०८:१८ २१ मंसिर २०७५, शुक्रबार ०८:१८ २१ मंसिर २०७५, शुक्रबार ०८:१८

काठमाडौं । कुकुरले गाेलकिपरकाे काम गर्याे भन्ने सुन्दा अनाैठाे लाग्न सक्छ । तर अर्जेन्टिनामा यस्तै अनाैठाे घटना भएकाे छ ।

अर्जेन्टिनामा जारी तेस्रो डिभिजन लिग फुटबलमा गाेलपाेष्टमा जानै लागेकाे बल कुकुरले छेकेर गाेल हुनबाट जाेगाएकाे छ । खेल त्यहाँका घरेलु टाेली जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच चलिरहेकेका बेला मैदानमा कुकुर देखिएका थियाे ।

यस क्रममा जुभेन्टुडका फरवार्डरले गाेल पोष्टतर्फ प्रहार गरेकाे बल कुकुरका कारण छेकिएर गाेल हुनबाट जाेगिएकाे हाे । उनले डेफेन्सोरेसका गाले किपरले बल नियन्त्रणमा लिएर डिफेन्डरलाई पास दिँदा खाेसेर गाेलपाेष्टतर्फ हत्याएका थिए । किपर निकै अगाडि बीच मैदानमै पुगिसकेको बेला उनकाे पोष्ट खाली थियो । संयाेगले त्यति नै बेला दगुर्दै अाएकाे कुकुरसँग बल ठाेक्किएर गाेल हुनबाट जाेगियाे ।

खाली पाेष्टमा गाेल हान्दा अाशावादी देखिएका जुभेन्टुडका खेलाडी कुकुरका कारण गाेल छेकिएपछि अचम्ममा परेका थिए । अन्तत: खेलमा जुभेनटुडले जित हात पारेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!