लाक्पा नोर्वु शेर्पाकाे साहसिक उद्वारकाे भिडियो

ByBibas chetan

१९ जेष्ठ २०७६, आईतवार १५:११ १९ जेष्ठ २०७६, आईतवार १५:११ १९ जेष्ठ २०७६, आईतवार १५:११

काठमाडाैं : खुम्बू पासाङल्हामु गाउँपालिका–१ खरिखोला, सोलुखुम्बूका लाक्पा नोर्बु शेर्पा उच्च हिमाली क्षेत्रका बिरामीको उद्धारमा व्यस्त हुन्छन् भने समय समयमा अप्ठ्यारो स्थानबाट शव पनि निकाल्ने गर्छन् ।

उनी नेपालका ‘लाइफलाइन रेस्क्यु गाइड’ हुन् । उनले स्वीसमा तीन हप्ते फ्रिल्यान्ड हेलिकोप्टर रेस्क्यु स्पेसलिस्टको तालिम लिएर ‘लङलाइन रेस्क्यु गाइड’ को रूपमा बिरमीको उद्धार गरेको नौ वर्ष नाघिसकेको छ । उनी यसअघि नेपालको तालिम प्राप्त हाई अल्टिच्युड गाइड हुन् ।

नेपालमा एक हजार चार सयभन्दा बढी हिमाल छन् । छ हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा कोही बिरामी परेमा हेलिकोप्टरको खोजी हुन्छ । जहाँ हेलिकोप्टर जान सक्दैन त्यहाँ नोर्बु जान्छन् । अर्थात् हेलिकोप्टर ल्यान्ड गर्ने ठाउँ छैन भन्ने कुरा भएपछि लाक्पा नोर्बु शेर्पा खट्नुपर्छ, त्यो ठाउँका लागि ।

नौ वर्षको अवधिमा उनले धेरै बिरामीको कुशल उद्धार गरी पुनर्जन्म दिएका छन् भने उनले धेरैको शव उठाएर परिवारलाई अन्तिम संस्कार गर्न वातावरण मिलाइदिएका छन् ।

उनी तालिम प्राप्त मात्र नभई अनुभवी उद्धारकर्ताको रूपमा परिचित छन् । उनले आफूभन्दा सिनियर उद्धारकर्ता, विश्वचर्चित क्लाइम्बरको पनि उद्धार गरेर बिरामी र आफन्तको मुहारमा खुसी ल्याएका छन् ।

उनी भन्छन्, ‘हिमालमा हावाको गति, लेक लाग्ने समस्या, अक्सिजनको कमी, चिसोपना, आदि धेरै कारणले जोखिम हुने भएकाले स्वास्थ्य कतिबेला के हुन्छ भनेर थाहा हुँदैन । समयमा उद्धार गर्न सकिएन भने बिरामीको दिमागभन्दा पहिले शक्ति सकिन्छ ।’

उनी त्यस्तै जोमिपूर्ण स्थानमा गएर आफ्नो ज्यानको पर्वाह नगरी उद्धार गर्छन् । उनले थपे, ‘मेरो खुसी भनेको जोखिमबाट बचेर आएकाको मुहारमा देखिएको खुसी हो ।’

नेपालमा उद्धारका टोली नभएको होइन । सरकारी स्तरबाट नेपाली सेना र नेपाल प्रहरीका उद्धार टोली पनि छन् । तर उच्च हिमाली क्षेत्रमा उनीहरूले उद्धार गर्न नसक्ने शेर्पाको भनाइ छ । शेर्पाका अनुसार छ हजार मिटरमाथिका उद्धार र त्यसभन्दा कम उचाइमा गरिने उद्धारमा धेरै फरक पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!