मोवाइलको ब्याट्री सकियो ? गोजीमा राख्नुस् आफैं चार्ज हुनेछ

ByBibas chetan

१ पुष २०७५, आईतवार १४:३४ १ पुष २०७५, आईतवार १४:३४ १ पुष २०७५, आईतवार १४:३४

काठमाडौं। स्मार्टफोनको प्रयोग बढेसँगै यसको ब्याट्री सकिने समस्याबाट हामी सबैजसो पीडित छौं । ब्याट्री सकिएर पटक–पटक चार्जर जोड्नुपर्ने समस्या त छँदैछ त्यसमाथि घर वा कार्यालयबाहिर हुँदा चार्ज गर्ने विद्युत सर्किटको अभावमा ब्याट्री सकिएको फोन त्यत्तिकै राख्नुपर्ने समस्या झन् दुःखलाग्दो छ । अब भने घरबाहिर हुँदा मोवाइल चार्ज गर्ने समस्याबाट मुक्ति पाइने भएको छ । वैज्ञानिकले कपडाबाट मोवाइल फोन र ट्याब्लेट चार्ज गर्न सकिने प्रविधिको विकास गरेका छन् ।
बेलायतको नटिंघम ट्रसेन्ट युनिभर्सिटीका वैज्ञानिकले यस्तो सोलार प्यानल बनाएका छन् जसलाई कपडाको खल्तीमा जडान गरिन्छ । मोवाइलको ब्याट्री सकियो भने त्यो मोवाइललाई खल्तीमा राख्दा त्यो कपडामा जडान गरिएको सोलार प्यानलबाट चार्ज हुनेछ । यो प्यानललाई चार्जिङ डक नाम दिइएको छ । अनुसन्धानकर्ताका अनुसार एउटा फोन चार्ज गर्नको लागि २ हजार प्यानलको आवश्यकता हुन्छ । पूरै प्यानलको आकार ३ मिलिमिटर लामो र १.५ मिलिमिटर चौडाइको छ ।
अनुसन्धानकर्ताका अनुसार सोलार प्यानलको यो प्रविधिले कार्बन उत्सर्जन कम गर्न सकिनेछ र यसले कपडाको खल्तीमा पावर बैंकलेजस्तै काम गर्नेछ । यसको लागि कुनै तार व ासकेटको आवश्यकता हुनेछैन र चार्जिङको क्रममा मानिसलाई कुनै किसिमको महसुस हुने छैन । खल्तीमा जडान गरिने चिपलाई रेजिनले ढाकिएको छ जसका कारण कपडा धुँदा पनि त्यसलाई पानीले असर पार्ने छैन । कपडाले आम कपडाले जस्तै महसुस गराउनेछन् । खल्तीमा जडान गरिएका २ हजार सोलार सेल कुनै पनि फोन चार्ज गर्न पर्याप्त हुनेछन् ।
शोधकर्ता टिमका प्रमुख तिलक डियासका अनुसार इलेक्ट्रिक पावरको लागि इ–टेक्सटाइल एक आवश्यकता हो जसमा कहिल्यै काम गरिएको छैन । तर यो प्रविधिले मानिसहरुलाई स्मार्ट टेक्सटाइल अर्थात हाइटेक कपडा लगाउन प्रेरित गर्नेछ । वायरलेस चार्जिङको यो अवधारणा क्रोएसियाका वैज्ञानिक निकोला टेस्लाले १९ औं शताब्दीमा पेश गरेका थिए । उनको अवधारणा अनुसार इलेक्ट्रोम्याग्नेटिक फिल्डको उपस्थितिमा दुई चीजको बीचमा उर्जा स्थानान्तरण गर्न सकिन्छ । यही अवधारणामा आधारित रहेर अहिलेको प्रविधि विकसित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!