सानैमा आमा बन्नेको संख्या धेरै

ByBibas chetan

२० पुष २०७५, शुक्रबार १४:१६ २० पुष २०७५, शुक्रबार १४:१६ २० पुष २०७५, शुक्रबार १४:१६

सोलुखुम्बु, पुस २० गते । सोलुखुम्बुमा सानै उमेरमा आमा बन्नेको संख्या अत्याधिक पाईएको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्न कानुनतः नपाईने र स्वास्थ्यको हिसावले जटिल भएपनि २० वर्ष नपुगी बच्चा जन्माउनेको संख्या अझैपनि अधिक रहेको हो । गत आर्थिक वर्षमा मात्र ६१ जनले २० वर्ष नपुगी सन्तान जन्माएको जिल्ला अस्पताल सोलुखुम्बुको रेकर्ड छ ।
उल्लेखित सँख्या आर्थिक वर्ष २०७४÷२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलाहरु मध्ये करिब २० प्रतिशतभन्दा बढि रहेको सोलु अस्पताल फाप्लुका सुचना अधिकारी सानी शेर्पाले बताउनु भयो ।
३ सय ३ जना आमाहरुमध्ये ६१ महिलाले २० वर्ष भन्दा कम उमेरमा बच्चा जन्माएको सोलु अस्पताल फाप्लुले जनाएको छ । यस्तै, गत चालु आर्थिक वर्षमा सोलुखुम्बुमा ६ जना गर्भवति महिलाले ज्यान गुमाएका छन । विभिन्न कारणले ६ जना गर्भवति महिलाले ज्यान गुमाउनु परेको अस्पतालले जनाएको छ । समयमा स्वास्थ्य संस्था पु¥याउन नसक्दा तथा अस्पताल पु¥याएर पनि पर्याप्त स्रोत र साधनको अभाव हुँदा ती महिलाहरुले ज्यान गुमाएको बताईएको छ ।
साथै चालु आर्थिक वर्षको चारमहिना(साउन–कातिक)अवधिमा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई दिने भत्ताको अख्तियारी नहुदा भत्ता नलिई फर्कने सुत्केरीको भत्ता उपलब्ध गराउन अस्पताललाई समस्या भएको छ । फोन नम्बरमार्फत सम्पर्क गराई भत्ता उपलब्ध गराउदै आएको अस्पतालका अनुसार सबैको फोन नलाग्दा उपलब्ध गराउन नसकेको हो । सुत्केरी भत्ता उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेकाले सम्बन्धित सुत्केरीबा आफन्तले अस्पतालमा सम्पर्क गर्न समेत अस्पतालले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!