एक व्यक्तिले दिए, ‘२२ रोपनी’ जग्गा निशुल्क

ByBibas chetan

२२ पुष २०७५, आईतवार १३:१६ २२ पुष २०७५, आईतवार १३:१६ २२ पुष २०७५, आईतवार १३:१६

सल्लेरी पुस २२ गते । सोलुखुम्बुका एक व्यक्तिले अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क पउपलब्ध गराएको छ । दुधकोशी सामुदायीक अस्पताल निर्माणका लागि थुलुङ दुधकोशी गाउँपालिकाले निर्माण गर्न लागेको अस्पतालका लागि आवश्यक जग्गा २२ रोपनी जग्गा मुक्लीका गोरे राईले निःशुल्क प्रदान गरेका हुन् । जग्गादाता मुक्लिका राईलाई राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । राई व्यवसायी हुन् । सामाजिक भावनाका साथ जग्गा प्रदान गर्ने राईलाई गाउँपालिका अध्यक्ष असिम राईले सम्मान गर्नुभएको हो । गाउँपालिकाले ५० शैयाको सामुदायीक अस्पताल निर्माणार्थ सहयोग सङ्कलन अभियान थालेको छ ।

अस्पताल निर्माण कै लागि गाउँपालिका कै आयोजनामा आगामी चैत्रमा महायज्ञको आयोजना गर्दैछ । कार्यक्रम कै अवसरमा गाउँपालिका अध्यक्ष राईले महायज्ञवाट २० करोड सहयोग सङकलन गर्ने आधार समाबेश गरिएको कार्यपत्र प्रस्तुत गर्नुभएको छ । लक्ष्य प्राप्तिका लागि शंकरबाबु कार्कीको संयोजकत्वमा वैदेशिक समन्वय समिति समेत गठन गरिएको छ । उक्त समितिको सदस्यमा नातिकाजी गुरुङ र बलराम गुरुङ रहेका छन् । गठित समितिले १५ भन्दा बढि देशमा गठित सहयोग समितिसंग समन्वयको काम गर्ने गाउँपालिकाले जनाएको छ ।
जग्गादाता सम्मान कार्यक्रममा उपस्थित भएका सरोकारवालाबीच अस्पताल निर्माणका लागि आयोजना गर्न लागिएको महायज्ञ सम्पन्नता र सहयोग सङ्कलनका बारेमा अन्तरक्रिया गरिएको छ । महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!